नबिल बैंक–बीन प्रोजेक्ट सम्झौता: दिगो र जलवायु अनुकूल भवन डिजाइन प्रवर्द्धनमा सहकार्य

काठमाडौं। नबिल बैंकले नेपालमा ऊर्जा मितव्ययिता र दिगो आवास प्रवर्द्धनका लागि युरोपियन युनियन (ईयू)को सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीन प्रजेक्ट)सँग साझेदारी गर्ने भएको छ । यो सम्झौतासँगै नबिल बैंक र बीन प्रोजेक्टले दुवै नेपालमा दिगो र जलवायु अनुकूल भवन डिजाइनको प्रवर्द्धनमा सहकार्य गर्ने बताइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र प्रोजेक्टका प्रोजेक्ट लिडर ड्यानियल नेयरले सम्झौतामा हस्ताक्षर गरेका छन् । यो साझेदारीले विशेषगरी नव प्रवर्द्धनात्मक वित्तीय प्याकेज विकास गर्ने, वित्तीय प्याकेजको मूल्यांकन गर्ने, प्राविधिक क्षमता निर्माण गर्ने लगायत प्राथमिकताका वित्तीय योजनामा पहुँच पुर्‍याउन सहजीकरणमा सघाउने बैंकले जानकारी दिएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंकले जलवायु परिवर्तनप्रति संवेदनशील रहेको र विश्व तापमान न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको बताए । ऊर्जा मितव्ययिता र दिगो भवन निर्माणले वातावरणलाई मात्र नभई समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । बैंकका कार्यकारी अधिकृत ढुंगानाले बैंकले विद्युतीय सवारीसाधन कर्जा र दिगो आवास कर्जा प्रवर्द्धन गरी दिगोपनलाई साथ दिँदै आएको बताए ।

सम्बन्धित सामग्री

नबिल बैंक र बीईईएनबीच सम्झौता

काठमाडौं– नबिल बैंकले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीईईएन–प्रोजेक्ट)सँग सम्झौता गरेको छ । इनर्जी इफिसियन्सी इन नेपाल उर्जामैत्री र दिगो आवासको प्रवर्द्धनका लागि युरोपियन युनियन (ईयू)को सहयोगमा सञ्चालित योजना हो । सम्झौतासँगै नबिल बैंक र बीईईएन–प्रोजेक्ट नेपालमा दिगो र जलवायु अनुकूल भवन डिजाइनको प्रवर्द्धनमा काम गर्न सहमत भएका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत […]