नेपाल र युरोपेली संघबीच सम्झौतामा हस्ताक्षर

काठमाडौँ : नेपाल सरकार र युरोपेली संघबीच दुईवटा वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।शुक्रवार अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तरीय शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि ईयुकी स्थायी प्रतिनिधि नोना डेप्रेजले हस्ताक्षर गरे।‘गुणस्तरीय शिक्षा सबैका लागि’ विद्यालय शिक्षा क्षेत्र योजनाका लागि ५ करोड यूरो अर्थात् ७ अर्ब ३८ करोड नेपाली रुपैयाँ

सम्बन्धित सामग्री

ईआईबीसँगको सम्झौता लगानी भित्र्याउन महत्वपूर्ण

युरोपेली लगानी बैंक (ईआईबी) र नेपाल सरकारबीच दीर्घकालीन लगानीसम्बन्धी फ्रेमवर्क सम्झौता भएको छ । नेपालको आर्थिक विकास र ऊर्जालगायतका पूर्वाधारमा लगानी गर्नका लागि भएको यो सम्झौता निश्चयै पनि सकारात्मक छ । हुन त कुनकुन आयोजनामा कतिकति लगानी कुन शर्तमा आउँछ भन्ने विषयमा परियोजना विशेष सम्झौता हुनुपर्छ । तर, देशमा लगानी वर्ष चलिरहँदा युरोपेली युनियनको लगानी बैंकसँग यस किसिमको सम्झौता हुनुले यहाँ लगानीको ढोका भने निश्चय पनि खुलेको छ । यो बैंकले यस किसिमको फ्रेमवर्क सम्झौता गरेका सीमित एशियाली देशमा पर्नुले नेपाल उसको प्राथमिकताको क्षेत्र रहेको प्रमाणित गर्छ । यसका साथै, देशले जलविद्युत्मा लगानीलाई पहिलो प्राथमिकतामा राखेको बखत भएको यस किसिमको सम्झौता ऊर्जा विकासका लागि पनि सकारात्मक हो । फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्ने क्रममा ईआईबीकी उपाध्यक्ष म्यारडालेना अभरिज आर्जाले यो सम्झौता नेपाली इतिहासमै महत्त्वपूर्ण रहेको र नेपालमा लगानी भित्त्याउनका लागि कोसेढुंगो हुने बताइन् । भोलि यो सम्झौताको प्रतिफलस्वरूप आउने परियोजनाहरूले त्यसो हो वा होइन भन्ने कुरा बताउनेछन् । तर पनि नेपालको जलविद्युत् विकासमा सहयोग गर्ने हिसाबले जुन रूपमा सम्झौता भएको छ, त्यसलाई अधिकाधिक सदुपयोग गर्न नेपाल सक्षम हुनुपर्छ ।  (सम्पादकीयबाट) वर्ष ६, अंक २३५, बुधवार, २७ वैशाख, २०६९

नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता, छिट्टै दूतावासको स्थापना गर्ने

काठमाण्डौ – नेपाल र युरोपेली देश रोमानियाबीच श्रम सम्झौता भएको छ । आज शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी र मकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर भएको श्रम मन्त्रालयले जानकारी दिएको छ । श्रम सम्झौता हस्ताक्षर समारोहमा श्रम मन्त्री भण्डारीले नेपाली श्रमिकसँग सरोकार...