अस्ट्रेलियाले भविष्यमा पनि दशकौंसम्म कोइला बेच्ने सोमवार बताएको छ ।
जलवायु परिवर्तनलाई रोक्न जीवाष्म इन्धनलाई हटाउँदै जाने सम्झौतामा हस्ताक्षर गर्न नमानेको अस्ट्रेलियाको यो भनाइ आएको हो ।
ग्लास्गोमा चलिरहेको कोप२६ जलवायु सम्मेलनमा ४० भन्दा बढी देशले कोइलाको प्रयोग निर्मूल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसमार्फत पृथ्वीको तापक्रम १.५ देखि २ डिग्री सेल्सियससम्ममा राख्ने लक्ष्य लिइएको छ ।
अस्ट्रेलिया तथा कोइला प्रयोग गर्ने चीन र अमेरिका जस्ता मुलुकहरूले यस प्रतिबद्धतामा हस्ताक्षर गरेनन् ।
‘हामीले कोइलाख...