माइपेले सार्वजनिक गर्याे क्वाइन, १ क्वाइनको मूल्य १ रुपैयाँ नै

 माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ । माई पे का अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । यससँगै माई पे  प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ्ग गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरु समेत निरन्तर रहेको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाढीएको माई पे को भनाइ छ । उदाहरणको लागि तपाईंले माई पे बाट रु १,००० को मोबाइल टपअप गर्नुभयो भने ४ प्रतिशत (रु ४०) फिर्ता हुन्छ । जसमा रु २० क्यासको रुपमा तपाईको वालेटको मेन ब्यालेन्समा जोडिन्छ भने बाँकी २० क्वाइनको रुपमा जम्मा हुन्छ । माईं पेबाट गरिएको सबै कारोबारमा यसरीनै क्वाइन प्राप्त गर्न सकिने माई पे को भनाइ छ । माई पेका अनुसार यसरी प्राप्त भएको क्वाइन ग्राहकहरुले त्यसपछिको जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्ने छन्।उदाहरण दिदै माईपेले भनेको छ 'मानौं अघिको तपाईको पहिलो कारोबारबाट २० क्वाइन जम्मा भएको छ । अब तपाईंले अर्काे कारोबारको रुपमा रु १,००० को कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुभयो । अब तपाईंले बिल भुक्तानी गर्दा तपाईंको माई पे वालेटमा तीन वटा विकल्प देखाउँछ । पहिलो विकल्प छनौट गर्दा तपाईको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पको रुपमा तपाईले वालेटमा बैंक लिंक गर्नुभएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ । तेस्रो विकल्पका रुपमा तपाईले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नुहुन्छ । जस्तो रु १,००० को बिल तिर्दा तपाईंले रु ९८० तपाईको बालेटमा भएको रुपैयाँबाट र रु २० नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सक्नुहुन्छ ।'यस भुक्तानी पछि ग्राहकले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्ने र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पे ले जनाएको छ । यदि प्रयोगकर्तासँग पर्याप्त माई पे क्वाइन नभएको खण्डमा भने तेस्रो विकल्प नदेखिने माइपे ले जनाएको छ । माई पे का अनुसार क्वाइन प्रयोग गर्दा प्रयोग कर्ताले केवाईसी भने भरेको हुनुपर्नेछ । ‘हालसम्म संचालनमा रहेको लोयल्टी पोइन्टहरुको सिमित प्रयोग र यसको प्रयोग गर्दा समेत समस्या रहेको पाइयो,’ माई पे का प्रमुख कार्यकारी अधिकृत मनोज कुमार मेहताले भने, ‘यहि समस्या समाधानका लागि नगद सरह नै प्रयोग गर्न सकिने गरी माई पे क्वाइन संचालनमा ल्याएका छौं ।’  

सम्बन्धित सामग्री

सुन तोलामा ८०० रुपैयाँ घट्यो

काठमाडौं : सुनचाँदीको मूल्यमा गिरावट छ। अघिल्लो दिनका तुलनामा सुनको कारोबार मूल्य तोलामा ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँ घटेको छ। बुधबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारका तुलनामा मंगलबार तोलामा २०० रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो। चाँदी…

झनै कमजोर बन्यो नेपाली रुपैयाँ, डलरको मूल्य १३० रुपैयाँ नजिक

नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर स्थितिमा आइपुगेको हो । राष्ट्र बैंकले आजको विनिमय दर तोक्दै १ डलरको बिक्री दर १२९.८९ रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, आज डलरको खरिद दर १२९.२९ रुपैयाँ कायम छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च दर हो ।हिजो शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९.६८ रुपैयाँ कायम थियो । खासगरी, अमेरिकी डलरसँग भारतीय रुपैयाँ (भारू) कमजोर बन्दा नेपाली रुपैयाँ पनि कमजोर बनेको छ । नेपाल

नेपाली रुपैयाँ बलियो बन्दै

गत आर्थिक वर्षको अन्तिम महिनासँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिना डलरसँग नेपाली रुपैयाँ केही बलियो हुन पुगेको देखिएको छ । २०७९ असार मसान्तको तुलनामा २०७९ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको हो । यस्तो स्थिति अघिल्लो वर्षको सोही अवधिमा डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।  २०७९ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७ रुपैयाँ १६ पैसा पुगेको छ । २०७९ असार मसान्तमा यस्तो विनिमय दर १२७ रुपैयाँ ५१ पैसा रहेको थियो ।

पाकिस्तानमा एकैपटक ३० रुपैयाँ महँगो भयो पेट्रोल, अब एक लिटरको २०९ रुपैयाँ

पाकिस्तानमा आजकाल पेट्रोलको मूल्य आकासिएको छ । पाकिस्तानका अर्थमन्त्री मिफ्ताह इस्माइलले बिहिबार एकपटक पेट्रोलको मूल्यमा ३० रुपैयाँ प्रति लिटरको वृद्धि गर्ने निर्णय गरेका छन् ।अब पाकिस्तानमा एक लिटर पेट्रोल २०९.८६ रुपैयाँ तोकिएको छ । अघिल्लो हप्ता मात्रै पाकिस्तानले पेट्रोलको मूल्यमा ३० रुपैयाँ वृद्धि गरेको थियो । पाकिस्तान अन्तरराष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफबाट ऋण लिनका लागि उसले कडा शर्त पूरा गर्ने कोसिसमा मूल्य वृद्धि गरिरहेको छ ।यसबाहेक पाकिस्तान इलेक्ट्रिक पावर रेग्युलेटरी अथोरिटीले बि

एक मतदाताबराबर आयोगको ४५९ रुपैयाँ खर्च

निर्वाचन आयोगले ०४९ को चुनावमा प्रतिमतदाता ११ रुपैयाँ ५० पैसा खर्च गरेकोमा ०७४ मा बढेर ४९० रुपैयाँ पुग्यो, अहिलेको चुनावमा विनियोजित बजेटअनुसार ४५९ रुपैयाँ खर्च भएको देखिन्छ प्रत्येक पाँच वर्षको अवधिमा...

१९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो, १३ अर्ब रुपैयाँ अझै बाहिर

काठमाडौं । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा ह्वात्तै भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा […]

१९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो, १३ अर्ब रुपैयाँ अझै बाहिर

काठमाडौं । एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन । चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा ह्वात्तै भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा […] The post १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो, १३ अर्ब रुपैयाँ अझै बाहिर appeared first on राजधानी राष्ट्रिय दैनिक.

पेट्रोल लिटरको १५५ रुपैयाँ

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागु हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १५५ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १३८ रुपैयाँ पर्छ ।साथै, हवाई इन्धन (आन्तरिकतर्फ) १५ रुपैयाँ बढेर प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रियतर्फ एक किलोलिटरमा २०० डलर बढेर प्रति किलोलिटर […]

डलरको भाउ ११९ रुपैयाँ पुग्यो

सोमबार विदेश मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली रुपैयाँ अधिकतम ११९ रुपैया पुगेको छ भने विक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ४९ पैसा र विक्रीदर १४१ रुपैयाँ २० पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९१ पैसा र विक्रीदर १६४ रुपैयाँ ७४ पैसा रहेको छ । स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र विक्रीदर १३० रुपैयाँ ०६ पैसा रहेको छ ।यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ १० पैसा र विक्