झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दै आएकी एनिका अधिकारी घाइते भएकी हुन् ।
काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माध्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षिया एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले […]
२१ वैशाख, काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि आक्रमण भएको छ ।
आक्रमणमा परेर १८ वर्षकी एक छात्रा घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए …
बिर्तामोड । झापामा नेकपा एमालेले पार्टी कामको स्वमूल्याङकन गर्ने भएको छ । त्यसका लागि जिल्ला संगठन विभागले पार्टी नेता र तहगत कमिटीमार्फत मूल्याङकनको सुरुवात गरेको हो । आज झापाको क्षेत्र नं. ३ मा जिल्ला कमिटी सदस्यहरुको बैठकबाट उक्त अभियानको प्रारम्भ गरिएको संगठन विभाग प्रमुख शिव ढुङ्गेलले जानकारी दिए । उनले १७ वटा प्रश्न तयार गरेर […]
बनियानी, १३ वैशाख । झापामा खुद्रा विषादी बिक्रेताहरूलाई तालिम आयोजनासँगै परीक्षा पनि लिइएको छ । खुद्रा विषादी बिक्री गर्ने तर बिक्रीको इजाजतपत्र नभएका व्यवसायी र नयाँ व्यवसाय गर्न इच्छुक ५८ जनालाई छ दिने तालिम प्रदान गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । सहभागीलाई जीवनाशक विषादी व्यवस्थापन ऐन, विषादीको वर्गीकरण, प्रकार, खाद्यबस्तुमा विषालुपना, बालीमा […]
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार बिहान झापामा मतदान गरेका छन् । उनले झापाको हल्दिबारी गाउँपालिकाको वडा नम्बर १ को कार्यालय रहेको बुथमा मतदान गरेका हुन् । गत महाधिवेशनबाट राप्रपाको नेतृत्वमा आएका लिङ्देनका लागि यो निर्वाचन परीक्षाको घडी भएको छ। लिङ्देनले पार्टीलाई बलियो बनाउने बताउँदै आएको सन्दर्भमा यो निर्वाचनबाट कस्तो नतिजा आउला भन्ने चासो छ ।
झापा– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय स्तरमा भएको निर्वाचनबाट प्राप्त परिणामले केन्द्रीय राजनीति गर्ने नेताहरुको जिल्लागत पकडको अवस्था पनि देखिन थालेको छ । यसै क्रममा झापामा भएको निर्वाचनबाट जिल्लाका दुई शक्तिशाली नेताहरु पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको पकडको पनि परीक्षा भएको छ । जिल्लाका ५ निर्वाचन क्षेत्र मध्ये तीन ओटामा […]
साउन ८, झापा । झापा जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।
तीमध्ये वंशजका आधारमा १२ हजार ८४३ जना र वैवाहिक अंगीकृतका आधारमा १८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।
सोही अवधिमा छ हजार १८८ जनालाई राहदानी वितरण, ८६ अेटा संघसंस्था दर्ता, १६५ जना नाबालकको परिचयपत्र जारी र दुईओटा पत्रपत्रिका दर्ता गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।
उक्त एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय झापामा विभिन्न १० प्रकारका २५२ मुद्दा दर्ता भएकोमा दुईतिहाइभन्दा बढी २२४ ओटा मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क र परीक्षा दस्तुरवापत रू. तीन करोड ४९ लाख ५५ हजार २५० राजस्व संकलन गरेको छ । रासस