कम उत्पादक क्षेत्रमा जाने कर्जामा १५० प्रतिशतसम्म जोखिम भार राख्नुपर्ने

नेपाल राष्ट्र बैंकले कम उत्पादक क्षेत्रमा जाने कर्जामा थप कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रस्ट रिसिप्टलगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा,...

सम्बन्धित सामग्री

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई पाँचौं पटक ‘थ्रि ए’ रेटिङ

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले गरेको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले उक्त रेटिङ पाएको हो । रेटिङका विषयमा इक्राले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतलाई मूल्यांकनको आधार बनाएको बताएको छ । रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो । साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले लगातार पाँच वर्षसम्म ‘थ्रि ए’ रेटिङ पाउनुले ग्राहक र सरोकारवालाप्रतिको बैंकको प्रतिबद्धता बलियो रहेको प्रमाण भएको बताए ।

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, एक महीनामा १९.६४ % बढ्यो परिसूचक

काठमाडौं । बजार बढ्दा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका शेयरमा परेको छ । पछिल्लो एक महीनामा यस समूहको परिसूचक साढे १९ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २८ गते जलविद्युत समूहको परिसूचक २ हजार २२० दशमलव ५९ रहेकोमा गत पुस २९ गते बढेर २ हजार ६५६ दशमलव ७७ पुगेको हो । एक महीनामा नेप्से परिसूचक भने ६ दशलमव ३१ प्रतिशत बढेको छ ।  किन बढ्यो आकर्षण ? पछिल्लो समय लगानीकर्ता दीर्घकालिन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका छन् । यस्ता लगानीकर्ताको रोजाइमा कम पूँजी भएका कम्पनी पर्ने गर्छन् । सोही कारण लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनीको शेयर परेको देखिन्छ ।  एक महीनामा सर्वाधिक कमाउनेको सूचीमा दोस्रोमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता छन् । यस समूहको परिसूचक १७ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीले आकर्षक लाभांश दिने भएकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै लगानी समूहको परिसूचक १५ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । गत मङ्सिर २२ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछि शेयर बजारमा उत्साह छाउँदा बजार २ हजार १५० विन्दुसम्म पुगेको थियो ।  राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार १२५ प्रतिशतमा झारेको छ भने ब्याजदर घटाउने नीति पनि लिएको छ । सोही कारण शेयर बजारमा सकारात्मक प्रभाव परेको विज्ञ बताउँछन् । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार २ हजार ५६ सम्म आएको थियो ।  माघ महीनाका लागि बैंकहरूले पुस महीनाको तुलनामा ब्याजदर अझै घटाएका छन् । सामान्यतया ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । यसो त ब्याजदर घटेपछि शेयर कर्जा लिनेले सस्तो ब्याजदरमा ऋण पाउँछन्, जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिन्छ ।  एक महीनामा जीवन बीमा समूहको परिसूचक भने १ दशमलव ४७ प्रतिशत घटेको छ । नेपाल बीमा प्राधिकरणले प्रिमियमबापतको रकमबाट लाभांश वितरण गर्न नपाउने घोषणा गरेसँगै यस समूहका कम्पनीको शेयर मूल्य ओरालो लागेको देखिन्छ । त्यस्तै दोस्रोमा वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीको शेयर भोल्यूम बढी हुने भएकाले पछिल्लो समय लाभांशदर घट्दै गएको र त्यही कारण लगानीकर्ताको रोजाइमा नपरेको विज्ञ बताउँछन् ।  स्रोत : नेप्से ।

खुकुलो मौद्रिक नीति आए अटो विक्री बढ्ने आशमा अटोमोबाइल्स व्यवसायी

काठमाडौं। विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न थालेपछि आर्थिक वर्ष (आव) २०७८/७९ को अन्त्यतिर सरकारले अटो कर्जासम्बन्धी व्यवस्थामा कडाइ गर्‍यो । त्यसको केही समयपछि अटोमोबाइल्सको आयातमै सरकारले प्रतिबन्ध लगायो । कर्जामा कडाइ र आयात प्रतिबन्धले अटोमोबाइल्स व्यवसाय नै धराशयी  बन्न पुग्यो ।  अटोमोबाइल्स व्यवसायीको दबाब र वैदेशिक मुद्रा सञ्चितिमा सुधार आएपछि सरकारले आयात प्रतिबन्ध हटाइसकेको छ । तैपनि अटोमोबाइल्सको विक्री  बढ्न नसकेको व्यवसायी बताउँछन् ।  अटो व्यवसायीले अहिलेको समयमा विक्री नबढ्नुमा बजारमा व्याप्त आर्थिक शिथिलता र ग्राहकको क्रयशक्तिमा आएको कमीको हात रहेको बताएका छन् । कसिलो मौद्रिक नीतिले परिस्थितिलाई अझ खराब बनाएको उनीहरूको दाबी छ ।  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी मौद्रिक नीतिमार्फत अटो कर्जामा जोखिम भार कम गर्न र हायर पर्चेज कर्जाको सीमा बढाउन सरकारलाई सुझाव दिएको छ । गतवर्षबाट वृद्धि भई १ सय ५० प्रतिशत कायम भएको अटो कर्जाको जोखिम भारलाई पुरानै ७५ प्रतिशत कायम गर्नुपर्ने नाडाको माग छ ।  नाडाले हायर पर्चेज कर्जाको सीमालाई पनि अहिलेको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गर्न आग्रह गरेको छ । पहिले पनि हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत नै थियो ।  बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सुधार भइसक्दा पनि उच्च जोखिम भारका कारण अटोमोबाइल्स क्षेत्रमा लगानी नआएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धुव्र थापा बताउँछन् । ‘अहिले पहिलेको जस्तो तरलता अभावको  स्थिति छैन ।  बैंक, वित्तीय संस्थामा आवश्यक तरलता छ । तर, अटोमोबाइल्सको उच्च जोखिम भारका कारण वित्तीय क्षेत्रले लगानी गरिरहेको छैन,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिमा रहेको दबाबका कारण पनि जोखिम भार बढेको थियो । तर, अहिले त विदेशी विनिमय सञ्चितिमा त्यस्तो दबाब पनि छैन । आगामी मौद्रिक नीतिबाट जोखिम भार घटाउनैपर्छ भन्ने हाम्रो माग हो ।’ नाडा अध्यक्ष थापाका अनुसार हायर पर्चेज कर्जाको सीमा पनि ८० प्रतिशत कायम गर्नुपर्छ । सबैतिर आर्थिक शिथिलता छ । ५० प्रतिशतको सीमाले किन्दा नै आधा रकम तिर्नुपर्दा ग्राहक भेट्न गाह्रो हुन्छ, जसबाट विक्री  घट्न पुग्छ । अटोमोबाइल्स विक्री घट्दा त्यसको असर सरकारको राजस्वमा पनि पर्ने उनले बताए । चालू आवमा कम राजस्व संकलन हुनुको कारण अटोमोबाइल्सको विक्री घट्नु नै रहेको नाडा अध्यक्ष थापाको भनाइ छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि अटोमोबाइल्स व्यवसायीका मागलाई सकारात्मक रूपमै लिएको अध्यक्ष धुव्र थापाले जानकारी दिए । ‘आर्थिक स्थिति गतवर्षको तुलनामा सुधार भएकै हो । अब तपाईंहरूको यो मागको सन्दर्भमा के कति गर्न सकिन्छ, त्यो कुरालाई आगामी मौद्रिक नीतिमा समेटने प्रयास गर्नेछौं,’ गभर्नर अधिकारीको भनाइ उद्धत गर्दै नाडा अध्यक्ष थापाले भने ।  आर्थिक अभियानले अटोमोबाइल्स व्यवसायीको मागका विषयमा नेपाल राष्ट्र बैंकमा बुझ्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त भएन । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले अहिले यो विषयमा केन्द्रीय बैंकले कुनै टिप्पणी नगर्ने बताए । ‘यस विषयमा नेपाल राष्ट्र बैंकको विचार मौद्रिक नीतिमार्फत नै स्पष्ट रूपमा आउँछ । अहिले हामी केही बोल्दैनौं,’ सहप्रवक्ता पोखरेलले भने ।

बैंकहरूलाई पूँजीकोषको दबाब : हकप्रद वा ऋणपत्रको विकल्पमा छलफल

काठमाडौं । पूँजी वृद्धि तथा मर्जरसँगै व्यवसाय विस्तारमा आक्रामक भएका बैंकहरूलाई प्राथमिक पूँजीकोषमा चाप पर्न थालेको छ । वाणिज्य बैंकहरूमा प्राथमिक पूँजी अनुपात नेपाल राष्ट्र बैंकले तोकेभन्दा कम हुन थालेपछि उनीहरू पूँजी वृद्धिको लागि हकप्रद वा प्राथमिक पूँजीमा गणना गर्न पाउने गरी ऋणपत्रको माग गर्न थालेका छन् ।  नेपाल राष्ट्र बैंकका अनुसार गत चैतमा वाणिज्य बैंकहरूको औसत प्राथमिक पूँजीकोष अनुपात १० दशमलव १६ प्रतिशत छ । २०७९ असारमा यस्तो अनुपात १० दशमलव ७३ प्रतिशत थियो ।  बैंकहरूले प्राथमिक पूँजीकोष अनुपात न्यूनतम ८ दशमलव ५ प्रतिशत कायम गर्नुपर्छ । पूँजीकोष अनुपात तोकिएभन्दा कम भए राष्ट्र बैंकले त्यस्ता बैंकलाई लाभांश वितरण गर्न दिँदैन । कर्जा प्रवाह गर्दा प्राथमिक पूँजीकोष अनुपातमा दबाब बढ्ने भएकाले तरलता सहज भए पनि बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका छैनन् ।  २०७९ चैतमा ११ ओटा बैंकको प्राथमिक पूँजीकोष अनुपात एकल अंकमा छ । यसमध्ये सबैभन्दा कम प्रभु बैंकको ८ दशमलव ६१ प्रतिशत छ । यस्तै सिद्धार्थ, एन.आई.सी. एशिया र माछापुच्छ«ेको पनि पूँजीकोष अनुपात ९ प्रतिशतभन्दा कम छ ।  पूँजीकोषमा दबाब रहेका लक्ष्मी र सन्राइज बैंकले मर्जरका लागि सम्झौता गरी प्रक्रिया अघि बढाइसकेका छन् ।  पूँजीकोषका कारण केही बैंकलाई दबाब परेकाले नेपाल बैंकर्स संघमार्फत हकप्रद वा ऋणपत्रको विकल्पका लागि राष्ट्र बैंकलाई अनुरोध गरेको अध्यक्ष सुनील केसीले बताए । ‘सबै बैंकको पूँजीकोष अनुपात अप्ठ्यारो अवस्थामा छैन,’ उनले भने, ‘केही बैंकलाई दबाब भएपछि संघमार्फत राष्ट्र बैंकमा अनुरोध गरेका छौं, यसबारे छलफल भइरहेको छ ।’ चालू आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूले २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँ मात्र ऋण विस्तार गरेका छन् । बैंकहरूको औसत निक्षेप–कर्जा अनुपात (सीडी रेसियो) ८६ दशमलव ३४ प्रतिशतमा झरेको छ । तर, बैंकहरूले पूँजीकोषको दबाबले गर्दा कर्जा विस्तार गरेका छैनन् ।  हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले कम प्राथमिक पूँजी भएका बैंकहरूलाई हकप्रद जारी गर्न सक्ने व्यवस्था गरिदिन आग्रह गरिएको बताए । ‘जसलाई प्राथमिक पूँजीमा दबाब छ त्यस्ता बैंकलाई पूँजीमा गणना हुने ऋणपत्र जारी गर्ने व्यवस्था गरिदिन अनुरोध गरेका छौं,’ उनले भने, ‘आगामी मौद्रिक नीतिबाट यसको सम्बोधन हुनेमा आशावादी छौं ।’ राष्ट्र बैंकले गतवर्ष बैंकहरूको बढी लगानी रहेका क्षेत्रहरू व्यक्तिगत ओभरड्राफ्ट र सवारीसाधन खरीद कर्जाका साथै रियल इस्टेट र शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतसम्म र ट्रस्ट रसिद (टीआर) कर्जाको भने जोखिम भार १२० प्रतिशत पुर्‍याएको छ । यसका कारण पनि बैंकहरूको कर्जामा जोखिम बढ्न गई पूँजी पर्याप्तता अनुपात साँघुरो हुँदै गएको छ ।

बैंकहरूको कर्जा आयात र उपभोगमै बढी, गहिरिंदै तरलता संकट

काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति लिए पनि बैंक तथा वित्तीय संस्थाहरूको अधिकांश कर्जा आयात तथा उपभोगमै जान थालेको छ ।  उत्पादनशील क्षेत्रमा कर्जाको माग नभएको भन्दै बैंकहरूले अनुत्पादक क्षेत्रमा आक्रामक रूपमा कर्जा विस्तार गरेका हुन् । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले निर्माण क्षेत्रमा प्रवाह हुने कर्जा घटाएर भए पनि आयात तथा उपभोगका लागि ऋण दिएको पाइएको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघ महीनासम्ममा बैंक तथा वित्तीय संस्थाले कुल ५ खर्ब ७ अर्ब १६ करोड रुपैयाँ कर्जा वृद्धि गरेका छन् । तर, कुल कर्जा वृद्धिभन्दा बढी कर्जा उपभोगका लागि प्रवाह भएको छ । बैंकहरूले निर्माण क्षेत्रको ऋण घटाएर उपभोग्य कर्जा वृद्धि गरेका हुन् ।  चालू आवको माघसम्ममा बैंकहरूको उपभोग्य क्षेत्रमा जाने कर्जा ६ खर्ब ७६ अर्ब ४० करोडले वृद्धि भएको छ । तर, यस अवधिमा निर्माण क्षेत्रमा प्रवाह हुने कर्जा भने करीब २ खर्ब रुपैयाँले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ । कोभिड–१९ को महामारी कारण उत्पादन तथा पूर्वाधार विकासलगायत क्षेत्रमा कर्जाको माग घटेसँगै उपभोग्य क्षेत्रको कर्जा प्रवाहमा उच्च वृद्धि देखिएको बैंकहरू बताउँछन् ।  नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय उद्योग व्यवसायका लागि कर्जाको माग घटेकाले उपभोग्य कर्जाको वृद्धि उच्च भएको बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाहरूले जुन क्षेत्रमा माग हुन्छ त्यसै क्षेत्रमा कर्जा दिने हो,’ उनले भने, ‘कोभिडको महामारीलगायत कारण उत्पादनमूलक क्षेत्रमा कर्जाको माग घटेर उपभोग्य कर्जाको वृद्धिदर उच्च देखिएको हो ।’ बैंक तथा वित्तीय संस्थाले सुन तथा चाँदी, मुद्दती रसिद, ऋणपत्र धितो लिएर उपभोग्य कर्जा दिने गरेका छन् । यसैगरी क्रेडिट कार्ड तथा अन्य शीर्षकमा पनि कर्जा लगानी गर्ने गरेका छन् । सबैभन्दा बढी मुद्दती रसिद धितोमा १०२ प्रतिशतले कर्जा वृद्धि भएको छ ।  उपभोगपछि बैंकहरूको धेरै कर्जा वृद्धि होलसेल तथा खुद्रा व्यवसायमा छ । चालू आवको ७ महीनामा बैंकहरूले १ खर्ब १५ अर्ब ७९ करोड कर्जा यसका लागि लगानी गरेका छन् । तर, यस अवधिमा उत्पादनमूलक उद्योग, कृषि, सेवा व्यवसायमा भने बैंकहरूको कर्जा विस्तार खर्बभन्दा कम छ ।  तरलता संकट गहिरिँदै  बैंकहरू अनुत्पादक क्षेत्रमा लगानी बढाउन आक्रामक भएपछि बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या झन् बढ्दै गएको छ । बैंकहरूको अत्यधिक कर्जा आयात र उपभोगमा जाँदा तरलता संकट बढ्दै गएको बैंकर उपेन्द्र पौड्याल बताउँछन् । ‘बैंकहरूको कर्जा उत्पादनशील क्षेत्रमा लगानी भएको भए नयाँ निक्षेप सृजना हुन्थ्यो,’ उनले भने, ‘आयात र उपभोगमा कर्जा गएकाले अधिकांश रकम बाहिर गयो र तरलता अभाव भयो ।’ बैंक तथा वित्तीय संस्था नाफामूलक कम्पनी भए पनि अहिलेको अवस्थामा जिम्मेवार बनेर व्यवसाय गर्नुपर्ने पौड्यालको सुझाव छ । ‘अर्थतन्त्रको अवस्था बिग्रेका बेला बैंकहरूले कहाँबाट नाफा कमाइन्छ भनेर मात्र हेर्नु भएन,’ उनले भने, ‘१ वर्ष नाफा घटेर केही हुँदैन, रियल इकोनोमीलाई सहयोग पुग्ने गरी बैंकले काम गर्नुपर्छ ।’ तरलता अभाव भएपछि फागुनयता बैंकहरूको लगानी ठप्पप्रायः छ । बैंकहरूले राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) कै लागि राष्ट्र बैंकबाट सापटी लिइरहेका छन् ।  कडाइ गर्दै राष्ट्र बैंक  बैंक तथा वित्तीय संस्थाहरू अनुत्पादक क्षेत्रमा कर्जा बढाउन आक्रामक देखिएपछि राष्ट्र बैंकले यसलाई निरुत्साहित गर्ने नीति लिएको छ । राष्ट्र बैंकले फागुन दोस्रो साता निर्देशन जारी गर्दै अनुत्पादक क्षेत्रमा जाने ओभरड्राफ्ट, व्यक्तिगत सवारीसाधन खरीद, रियल इस्टेट, शेयर धितो र ट्रस्ट रसिद (टीआर) कर्जाको जोखिम भार वृद्धि गरेर यस क्षेत्रमा कर्जा घटाउन दबाब दिएको छ । यसैगरी, राष्ट्र बैंकले सुनचाँदी आयातमा कोटा घटाउनुका साथै विलासी सामानहरूको आयात गर्न प्रतीतपत्र खोल्दा नगदमै मार्जिन राख्नसमेत निर्देशन दिएको छ ।  राष्ट्र बैंकले बैंकहरूलाई २०७९ असारदेखि व्यक्तिगत ओभरड्राफ्ट र सवारीसाधन खरीद कर्जाका साथै रियल इस्टेट र शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत र ट्रस्ट रसिद (टीआर) कर्जाको भने १२० प्रतिशत जोखिम भार गणना गर्न निर्देशन दिएको छ । हाल १ करोडभन्दा कमको व्यक्तिगत ओभरड्राफ्टमा ७५ प्रतिशत र यसबाहेकका कर्जामा १ सय प्रतिशत जोखिम भार कायम छ । यसैका आधारमा बैंकहरूले पूँजी पर्याप्तता अनुपात गणना गर्दै आएका छन् । बैंकहरूले अनुत्पादक क्षेत्रमा गर्ने लगानी निरुत्साहित गर्न त्यो क्षेत्रमा जाने कर्जाको जोखिम भार बढाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।  चालू आवको ७ महीनामा देशको शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँ घाटामा छ । कुल विदेशी विनिमय सञ्चितिमा १६ दशमलव २ प्रतिशतले कमी आई ११ खर्ब ७३ अर्ब २ करोड कायम भएको छ ।

३८ खर्बभन्दा तल झर्‍यो कुल बजार पूँजीकरण, सातामा करीब १८ अर्बको कारोबार

फागुन १४, काठमाडौं । यो साता नेप्से परिसूचक गत साताको तुलनामा ७१ द्यशमलव शून्य ७ अंकले तल झरेको छ । गत साता २ हजार ७३२ दशमलव ५१ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ६६१ दशमलव ४४ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन दिन बढेको छ भने दुई दिन घटेको छ । पहिलो दिन ३९ दशमलव ४० अंकले घटेको नेप्से दोस्रो दिन २५ दशमलव ४१ अंक र तेस्रो दिन १७ दशमलव ४२ अंकले बढेको थियो । त्यस पछिको दुई कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेर बन्द भएको छ । चौथो दिन १५ दशमलव ५० अंकले र पाँचौ दिन ५८ दशमलव ९९ अंकले नेप्से परिसूचक घटेर बन्द भएको हो । यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै ठुला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । गत साताको तुलनामा सेन्सेटिभ इन्डेक्स ११ दशमलव शून्य ६ अंकले घटेको हो । गत साता ५१८ दशमलव ६४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५०७ दशमलव ५८ विन्दुमा बन्द भएको हो । गत साता रू. १८ अर्ब १९ करोड ९० लाख ४७ हजार बराबरको ३ करोड ५२ लाख २४ हजार २५७ कित्ता शेयर कारोबार भएको थियो । यो साता भने रू. १७ अर्ब ७२ करोड २१ लख १८ हजार बराबरको ३ करोड २९ लाख ३५ हजार २४३ कित्ता शेयर कारोबार भएको हो । गत साताको तुलनामा यो साता रू. ४७ करोड ६९ लाख २९ हजार बराबरको २२ लाख ८९ हजार १४ कित्ता कम शेयर कारोबार भएको हो । बजारका महत्वपूर्ण सूचकहरुमा कमि आउँदा यो साता सूचीकृत कम्पनीहरुको शेयरमूल्य अर्थात् कुल बजार पूँजीकरण पनि घटेको छ । गत साता रू. ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाख रहेको कुल बजार पूँजीकरण यो साता रू. ३७ खर्ब ६९ अर्ब ६३ करोड १७ लाख कायम भएको हो । फागुन १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा बढेको ब्याजदरका कारण प्रभावित हुदैं आएको बजार राष्ट्र बैंकले मार्जिन प्रकृतिका कर्जाको जोखिम भार वृद्धि गरी १५० पुर्‍याएकाले पनि थप प्रभावित बनेको टिप्पणी जानकारहरुको छ । यसअघि १०० प्रतिशत रहेको मार्जिन प्रकृतिको कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पु¥याइएको छ । हाल बजार सञ्चालक नेप्से र नियमक निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ नेतृत्व आएको छ । नयाँ नेतृत्वलाई आगामी दिनमा बजारमा धितोपत्रका नयाँ औजारहरु थप गर्ने खालका नीतिलाई अघि बढाउन लगानीकर्ताहरुले सुझाब दिएका छन् । हाल बजारमा बैंक तथा वित्तीय संस्थाहरुको बर्चश्व रहेकाले राष्ट्र बैंकको नीतिले मात्र पनि बजार प्रभावित हुने भएकाले यी बाहेक अन्य क्षेत्रका कम्पनीहरु बजारमा भित्र्याउन आगामी दिनमा पहल गर्नुपर्ने सुझाब लगानीकर्ताहरुको छ । यो साता जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाए   यो साता कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकहरुमध्ये जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । गत साताको तुलनामा यो साता जीवन बीमा समूहको परिसूचक सर्वाधिक ५ दशमलव ५८ प्रतिशत घटेको हो । यो साता जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४० प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । एमसीसी सम्झौतापछि जलविद्युतको शेयरमूल्य बढ्ने अपेक्षाका साथ पछिल्लो समय जलविद्युत समूह अन्तर्गतका कम्पनीमा शेयरधनीहरुको आकर्षण बढेको छ । गत साताभन्दा यो साता उत्पादन तथा प्रशोधन समूहको ४ दशमव ७७ प्रतिशत, व्यापारिकको ४ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ७७ प्रतिशत, लघुवित्तको ३ दशमलव ३१ प्रतिशत, लगानीको ३ दशमलव ३० प्रतिशत, विकास बैंकको ३ दशमलव २६ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ७२ प्रतिशत, वित्तको २ दशमलव ५२ प्रतिशत, बैंकिङ्गको २ दशमलव ३६ प्रतिशत, अन्य समूहको १ दशमलव १९ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ९५ प्रतिशत परिसूचक घटेको छ ।  साताको बजारका सूचकहरुको अवस्था : साता व्यापी समूहगत परिसूचकमा भएको थपघट : स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)