काठमाण्डाै – महोत्तरीको बर्दिवासबाट चैत २ गते मिटरब्याज पीडितविरुद्धको आन्दोलनका लागि हिँडेका पैदलयात्री चैत १२ गते काठमाण्डौ आइपुगेपछि उनीहरूको आन्दोलन जारी छ । काठमाण्डौको खुलामञ्चमा बसेर आन्दोलन गर्ने उनीहरूको मनसायलाई काठमाण्डौ महानगरले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि त्यस दिन खुला आकाशमुनि रात बिताएका उनीहरू भोलिपल्ट सिंहदरबार, माइतीघर हुँदै अनामनगरमा रहेकाे तमु बौद्ध तमु सेवा समितिमा बसिरहेका छन् । मिटरब्याज पीडितहरूसँग वार्ताका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली ...