काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमाले प्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताएका छन्। सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने उनकाे भनाइ छ।नेता भट्टराईले भने, ‘संसदमा प्रस्तुत भएका बिजनेस वा एजेण्डाहरूप्रति भन्दापनि सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले आन्दोलनमा छौँ। उनले त्यो प्रवृत्ति नसच्याएसम्म, एमालेलाई न्याय नगरेसम्म आन्दोलन जारी नै रहन्छ।' संसदमा सत्तापक्ष र सभ