बारले बल्झायो नियमावली संशोधनको विवाद

संवैधानिक व्यवस्थाविपरीत न्याय परिषद् नियमावली संशोधन भएको भन्दै बदरको माग गर्दै नेपाल बार एसोसिएसनले न्याय परिषद्मा धर्ना दिएको छ । बारको धर्नाका कारण आइतबार तय भएको परिषद् बैठक बस्न सकेन । नियमावली संशोधन रद्द नगरेसम्म आन्दोलन जारी राख्ने बारले जनाएको छ । २०८० असोज १ गते संशोधन भएको नियमावलीको व्यवस्था संविधान र प्रत्यायोजित विधायनविपरीत भएको भन्दै बारले विरोध जनाउँदै आएको छ । पछिल्लो पटक भने बारले चरणबद्ध आन्दोलन नै घोषणा गरेको हो । बार अध्यक्ष गोपालकृष्ण घिमिरेले नियमावली संशोधनका विषयमा पटक पटकको ध्यानाकर्षणलाई बेवास्ता गरेकाले धर्ना दिएको बताउनुभयो । घिमिरेले चरणबद्ध रूपमा सेवाग्राहीलाई मर्का नपर्ने गरी सम्पूर्ण बार एकाइले आन्दोलनका कार्यव्रmम अघि बढाउने पनि जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

न्यायाधीशको रोलक्रम फेरबदल गर्ने नियम ल्याएपछि विवाद

४ असोज, काठमाडौं । न्यायसेवाको उच्च पदमा काम गरेर न्यायाधीश भएकाहरुलाई माथिल्लो रोलक्रममा राख्नेगरी न्यायपरिषद नियमावली २०७४ मा हालै गरिएको संशोधन विवादमा परेको छ । सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार र रजिष्ट्रार (सचिव) बाट उच्च अदालतमा न्यायाधीश नियुक्त हुनेहरुलाई माथिल्लो वरियतामा रहने गरी हालै न्यायपरिषद नियमावली संशोधन गरिएको थियो । नियमावली संशोधन भएर १ असोजमा राजपत्रमा प्रकाशित […]

नयाँ स्टक एक्सचेन्जमा विवाद

चुनाव खर्च उठाउन हतारहतार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोलेको तथा नयाँ ब्रोकरको लाइसेन्स खोलेको आरोपमा अर्थ समिति प्रवेश गरेको छ । ४ मंसिरमा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको समय शनिबार रातिदेखि विघटन भएको भए पनि अर्थ समितिले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को नियमावली संशोधनको विषयमा ७ दिनभित्र विस्तृत […]

प्रदेश २ : काँग्रेसले सम्हालेका दुई मन्त्रालयबीच क्षेत्राधिकारको विवाद

केन्द्रीय गठबन्धन अनुसार प्रदेश २ सरकारमा सहभागी भएको २ महिना नबित्दै नेपाली काँग्रेसकै मन्त्रीहरूबीच विवाद सुरु भएको छ । प्रदेश सरकारको कार्यविभाजन नियमावली विपरीत विकासका योजनाहरु जबरजस्ती राखेको भन्दै मन्त्रीहरूबीच विवाद सुरु भएको हो ।विवाद चर्किँदै गएपछि उच्च अदालत जनकपुरमा मुद्दा नै दायर भएको छ । सोही मुद्दामाथि सुनुवाई गर्दै अदालतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै भदौ ७ मा छलफलका लागि बोलाएको छ ।भौतिक

सामाजिक सुरक्षा कोष र बैंक कर्मचारीबीच विवाद

सामाजिक सुरक्षा कोष र बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच सूचीकरणको विषयमा विवाद देखिएको छ ।यसअघिदेखि नै केही प्रतिष्ठानबाट राम्रो सेवासुविधा र सामाजिक सुरक्षा पाइरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा योजना नजाने बताएसँगै विवाद देखिएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र नियमावली अनुसार कोषले योजनामा सामेल हुन बैंक तथा […]

संवैधानिक इजलास विवाद : नियमावली संशोधनका लागि सर्वोच्चको पूर्ण बैठक भोलि

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठक भोलि बस्ने भएको छ।  सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले भोलि बैठक राख्ने जानकारी गराएका हुन्। बार अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा गएको टोलीले संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्न सुझाव दिएको थियो। उक्त सुझावमा…

नियमावली संशोधनमा लाग्दा संसद् विघटनको मुद्दा सुनुवाइ केही दिन पर सर्ने

संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गर्न नियमावली संशोधन गर्नेगरी बेञ्च र बारबीच भद्र सहमति भएपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा ढिलाइ हुने भएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा शुक्रवारदेखि नै सुनुवाइ शुरू भएपनि न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयलाई लिएर विवाद भएको थियो ।  मंगलवार प्रधानन्यायाधीश जबरा र सर्वोच्च बारका पदाधिकारीबीच भएको छलफलमा संवैधानिक इजलाससम्बन्धी नियमावली संशोधनको सहमति भएको थियो । सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधि...

विवाद मिलाउन आयोगलाई अवरोध, ओली किन बने असन्तुष्ट ?

निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम गर्न र त्यसअनुसार कार्यान्वयनमा जाने प्रक्रियामा सरकारी अवरोध भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । आयोगले गरेको राजनीतिक दलसम्बन्धी नियमावलीका संशोधनलाई सरकारले तीन साता बितिसक्दा पनि राजपत्रमा प्रकाशित गरिदिएको छैन । राजपत्रमा प्रकाशित नहुँदा निर्वाचन अवधि सुरु भएपछि पनि दलको विवाद निरुपण गर्न सक्ने भन्ने आयोगले गरेको संशोधित व्यवस्थाले कानुनी वैधता पाउन नसकेको हो । आयोगले पुस १९ मा नियमावली...

नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली

काठमान्डाैं / नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ । निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ ।... The post नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली appeared first on Purbeli News.

नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली

नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ ।निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भइसकेको छ ।राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २३ (६) मा

राजनीतिक दलसम्बन्धी नियमावली संशोधन, निर्वाचन अवधिमै विवाद मिलाउन पाइने

१९ पुस, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ । निर्वाचन अवधि सुरु भएपछि दलहरुको विवाद मिलाउन नपाइने प्रावधानलाई नियमावलीबाट झिकिएको छ । अब निर्वाचन अवधि सुरु भएपछि पनि आयोगले दलहरुको विवाद मिलाउन पाउने भएको छ । निर्वाचन आयोगका पदाधिकारीको आइतबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २३ को (६) […]