काठमाडौं : महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूल नारासहित सो प्रदर्शन गरिएको हो। सडकमा पलेटी कसेर बसेका प्रर्दशनकारीहरुले पीडकलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन्। त्यस अवसरमा उनीहरुले ‘दया होईन, न्याय दे’,