काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सर्वसाधारणलाई प्रयोग दिने संस्था तथा व्यक्तिलाई कर छुट नदिने बताएका छन्। आइतबार महानगरपालिकाको कार्यपालिका बैठकमा बोल्दै सो कुरा बताएका हुन्। सर्वसाधारणलाई शौचालय निशुल्क गर्ने संस्थालाई सरसफाई सामग्री दिइने तर कर छुट दिन नसकिने बताए। शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जबर्जस्ती नगरेको उनको भनाइ थियो। उनले भने,‘हामीले दबाब दिएर शौचालय प्रयोग गर्न दिनु भनेका होइनौं, उहाँहरूले हामी स