ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५-७६ का लागि ४९ करोड ८६ लाख ८ हजारको बजेट पारित गरेको छ । संघवाट प्राप्त हुने ४६ करोड २४ लाख ९२ हजार ४ सय, प्रदेशबाट २ करोड १६ लाख १४ हजार र फुङलिङ नगरपालिकाबाट १ करोड ४५ लाखको बजेट तेस्रो नगरसभाले पारित गरेको हो ।