रिभर फल्स पावरको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन, भोलि आवेदन दिने अन्तिम दिन

जेठ ३, काठमाडौं । वैशाख २८ गतेदेखि सार्वजनिक निष्कासनमा आएको रिभर फल्स पावर लिमिटेडको आईपीओमा मागभन्दा ६ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार जेठ ३ गते विहान १० बजेर ११ मिनेटको अवधिसम्म १४ लाख ६१० जना आवेदकहरूबाट १ कराड ६२ लाख ६९ हजार कित्ता शेयर खरीदको माग भएको हो ।  कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको कर्मचारी सहित सर्बसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो ।  सर्वसाधारणका लागि छुट्याएको कुल कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरिसकिएको छ ।  मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधि जेठ ४ गतेसम्म मात्र विक्रीमा रहने निश्चित भएको छ । खरीद कर्ताहरुले यो आईपीओका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछ व्यवस्था छ । यो आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आईपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्नुपूर्व पहिलो चरणमा चैत २७ गतेदेखि वैशाख गतेसम्म आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरी वैशाख १९ गते बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुका लागि प्रतिशेयर रू. १०० अंकित मूल्यको रू. ७ करोड बराबरको ७ लाख कित्ता साधारण शेयर बाँडफाँट गरेको हो ।  हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको रू. ३५ करोड ७० लाख चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी रू. ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा १० प्रतिशत शेयर विक्री गरेको हो भने कर्मचारीसहित सर्वसाधारणमा ३९ प्रतिशत शेयर विक्री गर्न लागेको हो । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।   कम्पनीले संखुवासभा जिल्लामा १० दशमलव ३० मेगावाट क्षमताको पिपुवाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना कम्पनीको छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट रू. १८ करोड ६ लाख १५ हजार रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७७/ ७८ सम्म वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. ८७ दशमलव ९८ रहेको छ । यहि वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो शेयर कारोबारका लागि नेप्सेले प्रदान गर्नेछ ।

सम्बन्धित सामग्री

रिभर फल्स पावर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

रिभर फल्स पावर लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ ।सम्झौतापत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् । कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ०४ गते सम्म निष्काशन गरेको आइपिओ बाँडफाँड जेष्ठ ९ गते गरेकोमा आइपिओमा शेयर पाउने शेयर धनी तथा सर्वसाधारणले असार २ गतेबाट रिभर फल्स पावर

रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

प्रभु क्यापिटल लिमिटेड रिभर फल्स पावर लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी काम गर्न रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । २०७९ जेष्ठ ९ गतेदेखि लागू हुने गरी रिभर फल्स पावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।सम्झौता अनुसार शेयर राजिष्ट्रारको रुपमा प्रभु

रिभर फल्स पावरको आईपीओ बाँडफाँट

काठमाडौँ- रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १८ लाख ५९ हजार २४२ जनाले दुई करोड १३ लाख ९४ हजार ६३० कित्ता […]

रिभरफल्स पावरको आईपीओ आज हुँदैछ बाँडफाँट, पर्ने सम्भावना कति ?

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको २७ लाख कित्ता आईपीओको बाँडफाँट आज हुँदैछ ।

रिभर फल्स पावर लिमिटेडको आईपीओमा ६.५ गुणा बढी सेयर माग

२८ वैशाखदेखि निष्काशन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा तेस्रो दिन बिहान १०ः३० बजेसम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ । २७ लाख ३० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर एक लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याई बाँकी रहेको २५ लाख […]

रिभर फल्स पावरको आईपीओ खुल्याे

काठमाण्डाै – रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आज बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो ।  सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई छ...

रिभर फल्स पावरको आईपीओ खुल्यो

२८ वैशाख, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको साधारण सेयर (आईपीओ) निष्काशन खुला भएको छ । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयरका लागि बुधबारदेखि आवेदन खुला भएको हो । जारी हुने सेयर मध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत […]

रिभर फल्स पावरको विशेष साधारणसभा जेठ ४ मा

रिभर फल्स पावर लिमिटेडले विशेष साधारणसभा जेठ ४ गते गर्ने भएको छ ।कम्पनीले सभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने जानकारी गराएको हो ।