रिभरफल्स पावरको आईपीओ आज हुँदैछ बाँडफाँट, पर्ने सम्भावना कति ?

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको २७ लाख कित्ता आईपीओको बाँडफाँट आज हुँदैछ ।

सम्बन्धित सामग्री

दोल्ती पावरको आईपीओ खरीद गर्ने अन्तिम दिन आज, कति कित्ताका लागि दिने आवेदन ?

काठमाडौं । गत चैत २८ गतेदेखि सर्वसाधारणमा विक्री खुला गरिएको दोल्ती पावर कम्पनी लिमिटेड doltipower company limited को आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो ।  पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर कम्पनीले बाँडफाँट गरेको हो । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयरसमेत सर्वसाधारणमा थप गरी विक्री खुला गरिएको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीका कर्मचारीका लागि छुट्याएको शेयर समेत बाँडफाँट गरिसकेको कम्पनीले सामूहिक लगानीकोषका लागि ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरी बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । । इक्रा नेपालले इक्रा एनपी इस्यूअर त्रिपल ए देखि इक्रा एनपी इस्यूअर डी सम्मको रेटिङ प्रदान गर्ने गर्दछ ।  इक्रा नेपालले प्रदान गर्ने इक्रा एनपी इस्यूअर त्रिपल ए रेटिङले सबैभन्दा कम जोखिम अर्थात उच्च सुरक्षित गरेको संकेत गर्दछ भने इक्रा एनपी इस्यूअर डी रेटिङले सबैभन्दा बढी जोखिम रहेको संकेत गर्दछ ।  कम्पनीले दैलेख जिल्लामा ४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । २०७७ साल फागुन ८ गतेदेखि व्यापारिक उत्पादन गर्ने मिति तय गरिएको उक्त आयोजनाबाट निर्धारित अवधिभन्दा अगाबै २०७६ साल पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्न कम्पनी सफल भएको हो । ४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला जलविद्युत आयोजनाको कुल निर्माण लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ । यस आयोजनको विद्युत् उत्पादन अनुमति पत्र बहाल रहने अवधि २१०९ साल असोज २८ गतेसम्म रहेकाले अझै ३० वर्ष बाँकी रहेको छ ।

सुपर मादी र शुभम पावरको आईपीओ सूचीकृत, कति पाए ओपन रेञ्ज ?

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । सुपर मादी हाइड्रोपावरको २ करोड १० लाख कित्ता र शुभम पावर लिमिटेडको २० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । दुवै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।  सुपर मादी हाइड्रोपावरकोे आईपीओलाई नेप्सेले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ९९ दशमलव ३० देखि अधिकतम रु. २९९ दशमलव ४० सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको १० लाख ५० हजार कित्ता, सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १ करोड ७८ लाख ५० हजार कित्ता गरी कुल २ करोड १० लाख साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसएमएचएल रहेको छ । साथै कम्पनीले सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा सानिमा क्यापिटलबाट हुने जानकारी गराएको छ ।  त्यस्तै शुभम पावरको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ८८ दशमलव ४८ देखि अधिकतम रू. २६५ दशमलव ४४ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा आउनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको १९ हजार ४२०, सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको ५ लाख ८० हजार ५८० कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १४ लाख कित्ता गरी कुल २० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसपीएल रहेको छ । सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड नक्सालबाट हुने जानकारी गराइएको छ ।

शुभम पावरको आईपीओले पहिलो कारोबारको लागि कति पाउला ओपन रेञ्ज ?

काठमाडौं । शुभम पावर लिमिटेडको आईपीओले पहिलो कारोबारको लागि रू. ८८ दशमलव ४८ देखि २६५ दशमलव ४४ ओपन रेञ्ज पाउने देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को कम्पनीको वास्तविका प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ४८ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । माघ २८ गते बाँडफाँट भएको कम्पनीको आईपीओमा ४८ हजार १ सय ८८ जना जनाले आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने यीमध्ये पनि दुई जनाले थप एक कित्ता गरी कुल ११ कित्ता शेयर पाएका थिए । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको कम्पनीले माघ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर निष्कासन गरेको थियो ।

पिपुल्स पावरको आईपीओ बाँडफाँट गरिँदै, कति छ पर्ने सम्भावना ?

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको शेयरले वितरण हुनेछ ।

रिभर फल्सको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले वैशाख २८ गतेदेखि २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) आज बन्द हुँदैछ । मंगलबार साँझसम्म १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।यद्यपि, इच्छुक लगानीकर्ताले आज बेलुका ४ः३० बजेसम्म न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्मका लागि जारी गरेको कुल २७ लाख ३० हजार कित्ता सेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुह

दोस्रो बजारमा सामलिङ्ग पावरको आईपीओले कति पाउला मूल्य रेञ्ज ?

कात्तिक १९, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९८ दशमलव ७७ देखि रू. २९६ दशमलव ३१ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।  तिहार अघि अर्थात् गत कात्तिक १६ गते कम्पनीले सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।दोस्रो बजारमा सूचीकृत भएपश्चात नयाँ कम्पनीको पहिलो शेयर कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने व्यवस्था छ ।  आर्थिक वर्ष २०७६/ ७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९८ दशमलव ७७ रहेको छ । उक्त अवधिसम्म कम्पनी रू. १० लाख ३५ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष २०७७/ ७८ मा रू. २ करोड ४० लाख खुद नाफा आर्जन गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. ३७ करोड ७० लाख रहेको छ । कम्पनीमा हाल कुल जारी पूँजीको संस्थापकतर्फ ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।  कम्पनीको जारी पूँजी भने रू. ५० करोड रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गरेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा पनि शेयर जारी गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।  आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्ये पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात् ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो । कम्पनीले सर्वसाधारणमा भने रू. ७ करोड ३० लाख बराबरको ७ लाख ३० हजार कित्ता शेयर जारी गरेको हो । सर्वसाधारणतर्फको कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरी बाँडफाँट गरेको हो ।   कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरी असोज १ गतेदेखिनै व्यापारिक उत्पादन शुरु गरिसकेको छ । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट रू. २१ करोड ३ लाख ५ हजार रहेको छ ।