रिभर फल्स पावर लिमिटेडको शेयर धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि रिभर फल्स पावर र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ ।सम्झौतापत्रमा रिभर फल्स पावर लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक दिनेश गुरुङ र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले हस्ताक्षर गरेका हुन् । कम्पनीले २०७९ बैशाख २८ देखि जेष्ठ ०४ गते सम्म निष्काशन गरेको आइपिओ बाँडफाँड जेष्ठ ९ गते गरेकोमा आइपिओमा शेयर पाउने शेयर धनी तथा सर्वसाधारणले असार २ गतेबाट रिभर फल्स पावर