उपकुलपतिमा दाबी गरेका अर्याललाई प्रश्न– त्रिविलाई ट्र्याकमा ल्याउने सूत्र के छ ?

मुख्यत: विश्वविद्यालय सुधारका लागि मेरो दाबी हो । लथालिङ्ग भएको त्रिविलाई सही ट्र्याकमा ल्याउनुपर्नेछ । विद्यार्थी र समाजमा त्रिविको विश्वास कम भएको छ । त्यो विश्वास जगाउन उपकुलपतिमा मैले दाबी गरेको हुँ ।

सम्बन्धित सामग्री

सम्मानित स्टार्टअपले देखाए सफलताको सूत्र

काठमाडौं । स्टार्टअप समुदायमा एउटा भाष्य छ– धेरै स्टार्टअपहरू सफल नहुँदै तुहिन्छन् । तर, पहिलो समस्याको पहिचान र समाधान, दोस्रो प्रविधिको उच्चतम प्रयोग गर्न सके स्टार्टअपहरू सफल भएका उदाहरण पनि नभएका होइनन् । स्टार्टअप शुरू गरेको ६/७ वर्षमै केही स्टार्टअपहरू उदाहरणीय बनेका छन् । यस्तै उदाहरण बनेका ‘स्टार्टअप’हरू सफल हुने सूत्र बताएका छन् ।  न्यू बिजनेश एज प्रालिले सन् २०१३ मा ‘बिजनेश कन्क्लेभ एन्ड अवार्ड्स’ कार्यक्रम शुरू गर्दा स्टार्टअपलाई एक विधाको रूपमा मात्रै समावेश गरेको थियो । सन् २०२१ बाट भने स्टार्टअपलाई नै केन्द्रित गरेर छुट्टै कार्यक्रम गर्दै आएको छ । सन् २०२३ मा गरिएको दोस्रो संस्करणको स्टार्टअप अवार्ड्सका लागि आयोजक न्यू बिजनेश एजले २ हजारभन्दा बढी स्टार्टअपहरूको विवरण संकलन गरेको थियो । त्यसमध्ये सर्टलिस्टका विविध चरणपछि छानिएका ४० स्टार्टअपमध्ये जुरी समूहले ८ ओटालाई सम्मानित गर्ने निर्णय गरेको थियो । सर्टलिस्टमा परेका स्टार्टअपलाई आयोजकले विशेष तालीम पनि उपलब्ध गराएको थियो । गत शुक्रवार आयोजित कार्यक्रममा सम्मानित ८  ओटा स्टार्टअपले ‘बिजनेश आइडिया पीच’ पनि गरे । त्यसक्रममा स्टार्टअप शुरू गर्दाको चरणदेखि यसलाई निरन्तरता र दिगो बनाउन गरिएका संघर्षका कथा उनीहरूले सुनाए ।   स्टार्टअप शुरू गर्दा पहिला नकारात्मक कुरा आउने, अरूले विश्वास नगर्ने, फन्ड पनि जुटाउन समस्या हुने जस्ता समस्या भने साझा देखिए । यद्यपि उद्यम गर्दै जाँदा आफ्नो क्षेत्रमा गहिरो अनुसन्धान र तयारी गरेका उनीहरू सम्भावना र सफलता पनि देख्छन् । के भन्छन् सम्मानित हुनेहरू ? सजिलो सेवाका सहसंस्थापक सुजित रेग्मीले सन् २०१७ मा ३ जना युवा मिलेर ‘सजिलो सेवा’ शुरू गरिएको बताए । कम्पनीलाई व्यवसायको आकार दिन, यसको मूल्य तथा लगानी बढाउन ४ वर्षसम्म संघर्ष गर्नुपरेको उनको भनाइ छ । उनले अहिले भने सजिलो सेवाले आफ्नै एप बनाएर ग्राहक, शीप सिकेका व्यक्ति र दक्ष जनशक्ति खोजिरहेका कम्पनीबीच ‘सेतु’ बनिरहेको बताए । सन् २०२७ सम्ममा नेपालभर २०० भन्दा बढी सर्भिस उपलब्ध गराउने र यसबाट ५० हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको उनले बताए । नेपालमै शीप सिकेका अनि विदेश गएर फर्किएका आल्मुनियम तथा यूपीभीसीमा दक्ष जयराम अधिकारीलाई सजिलो सेवामा जोडेको उदाहरण उनले दिए ।  चितवनमा बेस बनाएर दूध तथा दुग्धजन्य उत्पादनको व्यवसाय गर्दै आएको ‘डेलिस डेरीज’ स्टार्टअप पनि ३ जना युवा उद्यमीले सन् २०१८ मा शुरू गरेका हुन् । कार्यक्रममा उपस्थित भएका संस्थापक सूर्य कार्कीले नेपाली सुपरमार्केटहरूमा परम्परागत रूपमा उत्पादन भएका तथा ‘मेड इन नेपाल’का दुग्धजन्य उत्पादनको सेग्मेन्ट नै नभएको बताए । दुग्धजन्य उद्यममा ठूलो सम्भावना रहेको पनि उनले बताए । नेपालको पहिलो ग्रिक योगर्ट कम्पनी रहेको दाबी गर्दै उनले अहिले डेलिसका साथै पञ्चमी ब्रान्ड पनि थपिएको बताए । फोकस वन पेमेन्ट सलुसन प्रालिको डिजिटल वालेट प्रडक्ट मोकोका सहसंस्थापक प्रणय राजभण्डारीले नेपालमा क्यूआर पेमेन्ट बढी प्रचलनमा आएको बताए । डिजिटल फाइनान्सियल प्लाटफर्म विकास गरिएको र त्यहाँ खरीदकर्ता र विक्रीकर्ताले सजिलैसँग कारोबार गर्न सक्ने बताए । नेपाल राष्ट्र बैंकले शुरू गरेको क्यूआर कोड प्रयोगको नीतिअनुसार यस्तो सेवा विस्तार गर्न कम्पनीले थप काम गर्ने उनको भनाइ छ । नेपाली बैंकहरूसँग सहकार्य गरेर मोकोज क्यूआर कोड प्रयोगलाई तीव्रता दिइएको भन्दै उनले थप अन्तरराष्ट्रिय डिजिटल प्लाटफर्महरूसँग पनि सहकार्य गरिने बताए । इन्सपाएरिङ वुमन लेड स्टार्टअप अफ द इयरबाट पुरस्कृत डिजिटल एज नेपालकी दिव्येश्वरी दलीले २०१६ मा नो योर कस्टुमर (केवाईसी) र पेमेन्ट ट्रान्जेक्सन जाँचको काम शुरू गरिएको बताइन् । उक्त स्टार्टअपको एएमएल सलुसनबाट यी काम हुन्छन् । अन्तरराष्ट्रिय सलुसन खरीद गर्न बढी महँगो भएकोले नेपालमै डिजिटल केवाईसीको काम शुरू गरिएको उनले बताइन् । केवाईसीको सम्बन्ध तथा सहभागिता कोकोसँग छ, भन्ने कुरा ट्र्याक गर्ने गरेको बताइन् । कम्पनीको मुख्य काम शंकास्पद कारोबार तथा लेनदेनको पहिचान गरेर केन्द्रीय बैंकलाई जानकारी गराउने रहेको उनको भनाइ छ । ‘नेपाल सम्पत्ति शुद्धीकरणमा ‘ग्रे सूची’मा पनि परेको, भ्रष्टाचार पनि बढ्दो अवस्थामा भएकाले यो प्रडक्ट आवश्यक छ,’ दलीले भनिन्, ‘यो प्रडक्टले देशको ग्रेडिङमा नै सहयोग पुर्‍याउँछ ।’  इडिजिटल नेपालका संस्थापक आदित्य राजले सन् २०१४ मा इञ्जिनीयरिङ अध्ययन पूरा गरेर विद्यालय फर्किंदाको अनुभव सुनाए । विद्यालय जाँदा चारित्रिक प्रमाणपत्र नभएको र पाउनका लागि निकै समस्या परेको र त्यसको समाधान खोज्दा स्टार्टअपको आइडिया आएको उनले अनुभव सुनाए ।  शिक्षा क्षेत्रमा देखिएको समस्या विश्लेषण गर्दै जाँदा सबैभन्दा मुख्य समस्या तथ्यांक तथा अभिलेख व्यवस्थापनको रहेको राजको अनुभव छ । यसको समाधान खोज्दा इडिजिटल नेपाल जन्मिएको उनले बताए । विद्यालय र विद्यार्थीका डकुमेन्टहरूलाई अटोमेसन गर्न र ‘बेस्ट स्कुल म्यानेजमेन्ट सफ्टवेयर’ उपलब्ध गराउँदै यस्ता समस्या न्यूनीकरण गरिरहेको उनले बताए । यही समस्या समाधान गर्न र नेपालको शिक्षाको इकोसिस्टमलाई नै डिजिटलाइज गर्ने लक्ष्य राखेर सन् २०१८ मा कम्पनी स्थापना गरेर काम गरिएको उनको भनाइ छ । यसमा ५० जनाको समूह र ८०० विद्यालय जोडिएको उनले बताए ।  इन्ग्रेल्स प्रालिको प्रडक्ट वेदका सहसंस्थापक निर्देश द्वाले विद्यालयको शिक्षा सिकाइलाई प्रविधिमैत्री बनाएर सहज सिकाइको वातावरण बनाउन काम गरिरहेको बताए । शिक्षामा धेरै लगानी भइरहे पनि शिक्षण सिकाइमा प्रविधिको प्रयोग कम रहेको भन्दै उनले यस्तो समस्या समाधान एउटै प्लाटफर्मबाट होस् भनेर वेद शुरू गरिएको बताए । सफ्टवेयर उत्पादक कम्पनी इन्ग्रेल्सले ‘वेद’ सफ्टवेयर विकास गरेर शिक्षालाई प्रविधिसँग जोडको छ । प्रविधिको माध्यमबाट शिक्षाको रूपान्तरण मुख्य थिम राखेर शुरू भएको उनले बताए । कोभिडको समयपछि यसको महत्त्व थप बढेको उनको भनाइ छ । शिक्षाको इकोसिस्टमलाई सघाउने भन्दै उनले थपे, ‘नेपालका ४५ ओटा जिल्ला र जापानमा पनि हाम्रो सेवा पुगेको छ ।  चिकित्सक सेवा घर–घरमा पुर्‍याउने अर्काे स्टार्टअप डक्टर्स अन कलका संस्थापक सुयश कार्कीले शहरमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकदेखि अन्य विरामीलाई सेवा दिँदै आएको बताए । जटिल खालका विरामी भएका ज्येष्ठ नागरिकलाई अस्पतालसम्म पुर्‍याउन गाह्रो हुने, ज्येष्ठ नागरिकले हेरचाह नपाउने, एक्लोपनको समस्यामा भएकाहरूको सलुसनको जिम्मा लिन यो व्यवसाय शुरू गरिएको उनले बताए । शहरमा मात्रै नभएर दुर्गममा पनि अनलाइन माध्यमबाट सेवा दिएको उनको भनाइ छ । ४/५ जनाको समूहले शुरू गरेको यो व्यवसाय अहिले १०० जनाको समूह भएको छ । उनका अनुसार यसबाट अहिले १८ हजारभन्दा बढीलाई सेवा दिइएको छ ।

विद्युत् खपत बढाउने सूत्र : नीतिगत सुधार र कार्यान्वयन क्षमता अभिवृद्धि

काठमाडौं । स्वदेशमा उत्पादित विद्युत्को प्रयोग व्यापक बनाउन अहिलेको नीतिमा सुधार गर्नुपर्ने खाँचो सरोकारवालाले औंल्याएका छन् । सरकारले जतिसुकै लोकप्रिय नारा दिए पनि यही नीति कायम रहे अपेक्षाअनुरूप विद्युत्को प्रयोग नबढ्ने उनीहरूको भनाइ छ । विद्युत् क्षेत्रका विज्ञ र सरोकारवालाले राज्यको नीति कार्यान्वयन क्षमता पनि अत्यन्तै कमजोर रहेको बताएका छन् । सामुदायिक विद्युत् उपभोक्ता महासंघका अध्यक्षसमेत रहेका ऊर्जाक्षेत्रका जानकार नारायण ज्ञवालीले विद्युत् उपभोग बढाउन सर्वप्रथम सबै नेपालीको घरमा बिजुली पुग्नुपर्ने बताए । ‘सरकारले ६ वर्षअघि सबै नेपालीको घरमा विद्युत् पुर्‍याइसक्ने भनेको थियो, अझसम्म पुगेको छैन । सरकारले अहिले २ वर्षपछि पुग्छ भनिरहेको छ । यसरी कहाँबाट माग बढ्नू ?’ उनले भने । ज्ञवालीका अनुसार विद्युतीकरण भइसकेका ठाउँमा पनि सबै उपकरण चलाउन मिल्ने खालको गुणस्तरीय बिजुली छैन । कतिपय घर र अपार्टमेन्टमा बिजुलीका लाइन जडान हुदाँहुँदै पनि जेनेरेटरबाट माग धान्नु परेको उनको भनाइ छ । ज्ञवालीका अनुसार बिजुलीको गुणस्तर सुधारका लागि अहिलेको प्रणाली अद्यावधिक गर्नुपर्छ । उनले विद्युत् महशुल पनि आम उपभोक्ताले सहजै भुक्तानी गर्न सक्ने किसिमको बनाउन सरकारलाई सुझाव दिए । सरकारले विद्युत् माग बढाउनुका साथै एलपी ग्यास आयातमा विदेशिने डलर बचाउने बन्दै बिजुलीले चल्ने इन्डक्शन चूल्हो प्रयोगको नारा दिएको लामो समय भइसकेको छ । तर, अहिले पनि थोरैमात्र नेपालीको भान्छामा विद्युतीय चूल्हो प्रयोग हुने गरेको छ । उपभोक्ताले विद्युत्को नियमित आपूर्तिको सुनिश्चितता नहुनुका साथै ग्यास सिलिन्डर र इन्डक्शन चूल्हो खरीदमा खासै अन्तर नभएकाले ग्यासकै प्रयोगलाई निरन्तरता दिइरहेको बताउने गरेका छन् । ऊर्जा उद्यमीहरू पनि सरकारले इन्डक्शन चूल्होलाई सस्तो बनाउनुपर्ने बताउँछन् । इन्डक्शन चूल्होमा लाग्ने भाँडाकुँडामा पनि भ्याट छूट दिनुपर्नेमा उनीहरूको जोड छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपाध्यक्ष मोहनबहादुर डाँगी सर्वसाधारणलाई इन्डक्शन चूल्हो प्रयोग गर्दा फाइदा हुन्छ भन्ने अनुभूति राज्यले गराउनुपर्ने बताउँछन् । ‘सरकारले अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ५ सय ९२ रुपैयाँ अनुदान दिइरहेको छ । ग्यासको अनुदान कटाएर इन्डक्शन चुलो वा विद्युत् महसुलमा दियो भने इन्डक्शन चूल्होका साथै बिजुलीले चल्ने सामानको प्रयोग बढ्छ । अनि विद्युत्को माग पनि वृद्धि हुन्छ,’ उपाध्यक्ष डाँगीले भने । बिजुली माग बढाउन सरकारले विद्युतीय गाडीको प्रयोगमा प्रोत्साहन मिल्ने खालका कार्यक्रम पनि ल्याउनुपर्ने उनको धारणा छ । उपाध्यक्ष डाँगीले अगाडि थपे, ‘सरकारले अहिलेको अवस्थामा डिजेल, पेट्रोलले चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्ने कार्यक्रम पनि ल्याउनुपर्ने देखिन्छ ।’ विद्युतीय सवारीसाधन प्रयोगलाई बढावा दिन ठाउँठाउँमा चार्जिङ स्टेशनलगायत पूर्वाधार निर्माण पनि उत्तिकै जरुरी रहेको उनको भनाइ छ । सरकारी अधिकारी भने विद्युत् खपत देशव्यापी रूपमा बढिरहेको दाबी गर्छन् । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले विद्युत् माग थप बढाउन सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको बताए । ‘विद्युतीय गाडी प्रयोगलाई सरकारले उच्च प्राथमिकता दिएको छ । यसका लागि आवश्यक संरचना निर्माण पनि भइराखेका छन् । इन्डक्शन चूल्होको प्रयोग र ग्यास विस्थापन कार्यक्रमलाई सिंहदरबार र महानगरबाट शुरू गरेका छौं,’ प्रवक्ता भेटुवालले भने । उनले कृषि, सिँचाइ र खानेपानी क्षेत्रमा माग बढाउन कम शुल्कमा बिजुली दिइरहेको बताए । भेटुवालले देशका केही ठाउँमा विद्युत् प्रसारण र वितरण प्रणाली पुर्‍याउन नसकेको पनि स्वीकार गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत मङ्सिरसम्ममा देशको करीब ९६ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको छ । राष्ट्रिय प्रसारण लाइनबाट करीब ९२ र वैकल्पिक ऊर्जाका माध्यमबाट ४ प्रतिशत जनसंख्यामा विद्युतीकरण भएको प्राधिकरणको भनाइ छ । बाँकी ४ प्रतिशत जनसंख्याको पहुँचमा आगामी आर्थिक वर्षभित्रै बिजुली पुर्‍याउने लक्ष्य छ । राष्ट्रिय प्रसारणको पहुँच नभएको क्षेत्रमा वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युतीकरण गरिएको छ । ७५३ पालिकामध्ये अब करीब ३०/३५ गाउँपालिकामा मात्र विद्युतीकरण हुन बाँकी रहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । वैकल्पिक ऊर्जाका माध्यमबाट दुर्गम क्षेत्रमा आपूर्ति गरिएको विद्युत्बाट बत्ती बाल्नेबाहेक अरू काम गर्न सकिँदैन ।

लगानीकर्ताले ध्यान दिनुपर्ने चार महत्त्वपूर्ण सूचक

काठमाडौं । लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीका यी महत्त्वपूर्ण सूचकहरूमा ध्यान दिनु उपयुक्त देखिन्छ : प्रतिशेयर आम्दानी   कम्पनीले आर्जन गरेको मुनाफालाई कुल शेयर संख्याले भाग गरेर प्रतिशेयर आम्दानी निकालिन्छ । यसरी निकालिएको प्रतिशेयर आम्दानी तीन महीनासम्मका लागि उपयुक्त मानिन्छ । यसलाई वार्षिकीकरण गर्ने हो भने फरक सूत्र प्रयोग गर्नुपर्छ । यद्यपि शेयर लगानी गर्नेहरूको लागि तीन/तीन महीनामा निकालिने प्रतिशेयर आम्दानी बढी महत्त्वपूर्ण हुन्छ । यो शेयर मूल्य मापन गर्ने एक महत्त्वपूर्ण औजार हो । प्रतिशेयर आम्दानी धेरै भएको कम्पनीको शेयरमा गरिएको लगानीलाई राम्रो मानिन्छ । प्रतिशेयर आम्दानी कम भएको कम्पनीमा लगानी गर्दा प्रतिफल प्राप्त हुने सम्भावना कम रहने जानकारहरू बताउँछन् । त्यसैले प्रतिशेयर आम्दानी वृद्धि भइरहेको कम्पनीको शेयरमा लगानी गर्नु उपयुक्त हुन्छ । कम्पनीको कमाइ राम्रो छ भने लगानीकर्ताले राम्रो प्रतिफल पाउन सक्ने अवस्था हुन्छ । मूल्य आम्दानी अनुपात पछिल्लो बजार मूल्यलाई प्रतिशेयर आम्दानीले भाग गरेर आउने अनुपातलाई मूल्य आम्दानी अनुपात भनिन्छ । यो अनुपात जति कम भयो त्यति नै राम्रो मानिन्छ । कम मूल्य आम्दानी अनुपात भएको कम्पनीको शेयरमा लगानी गरेमा जोखिम कम र मूल्य बढ्ने अनुमान गर्न सकिन्छ । मूल्य आम्दानी अनुपात बढी भएको कम्पनीमा लगानी गरेमा जोखिम बढी हुने जानकारहरू बताउँछन् । सामान्यतया मूल्य आम्दानी अनुपात १८ देखि २५ बीच रहेको कम्पनीमा लगानी गर्नु सुरक्षित मानिन्छ । पछिल्लो समय केही कम्पनीको मूल्य आम्दानी अनुपात १०० भन्दा बढी रहेको छ । यस्ता कम्पनीहरूको शेयरमा बढी जोखिम हुने गर्दछ । कम्पनीहरूले तीन/तीन महीनामा यो अनुपात दिने गरे तापनि लगानीकर्ताले जहिले चाहियो त्यति बेला नै हिसाब गरेर पछिल्लो अवस्था थाहा पाउन सक्छन् । बजार धेरै नै घटेको अवस्थामा यो अनुपातलाई पनि हेरेर लगानी गरेमा प्रतिफल राम्रै हुने विश्लेषकको दाबी छ । प्रतिशेयर नेटवर्थ प्रतिशेयर नेटवर्थबाट कम्पनीले आफ्नो दायित्व कुशलतापूर्वक निभाउन सकिरहेको छ कि छैन भनेर मूल्यांकन गर्न सकिन्छ । यो धेरै हुनु नै राम्रो मानिन्छ । प्रतिशेयर नेटवर्थ वृद्धि हुनुले उसको दायित्व घटिरहेको छ भन्ने देखाउँछ । यदि यो सूचक नकारात्मक भएमा कम्पनीको अवस्था खराब रहेको बुझ्न सकिन्छ । लगानी गर्नुपूर्व लगानीकर्ताले धेरै नेटवर्थ भएको कम्पनीमा लगानी गर्नु उचित मानिन्छ । यसलाई किताबी मूल्य पनि भनिन्छ । कारणबस कम्पनी डुब्ने अवस्था आएमा आफ्ना लगानीकर्तालाई किताबी मूल्यको आधारमा लगानी फिर्ता गर्ने गर्दछ । नेटवर्थ निकाल्ने सूत्र : कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउने र आउने परिणामलाई कुल शेयर संख्याले भाग गर्नुपर्छ । जगेडा कोष लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको जगेडा कोष पनि हेर्नुपर्ने हुन्छ । कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा चुक्तापूँजीसँगै जगेडालाई पनि उल्लेख गरिएको हुन्छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै खडा भएको यो कोषले कम्पनीको प्रतिकूल अवस्थाको सामना गर्ने क्षमतालाई बुझाउँछ । यो कोषको आकार सबल रहेका कम्पनीहरूको जोखिम वहन क्षमता मजबुत भएको मानिन्छ ।

‘पावर शेयरिङ’मा नेकपा एसको ४ सूत्र- माधव नेपाल पनि प्रधानमन्त्री ५ वर्षभित्र

कांग्रेस र माओवादीबीच आधाआधा कार्यकाल भागबन्डा हुने चर्चा चलिरहेको वेलामा प्रधानमन्त्रीमा अध्यक्ष नेपालले पनि दाबी गरेको उनी निकट एक नेताले बताए ।

५० अर्ब लगानी गरेर १० खर्ब रेमिट्यान्स बढाउने मिनमान श्रेष्ठका सूत्र

नेपालमा औसतमा मासिक १ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको छ । चाडवाडको सिजनमा बढ्छ र अन्य सिजनमा घट्छ । यसरी वर्षमा १० खर्ब रुपैयाँ बराबर मात्रै रेमिट्यान्स आउने गरेको छ । राष्ट्र बैंक, रेमिट कम्पनी र बैंकहरु नेपालको रेमिट्यान्स क्षमता अहिले आइरहेको भन्दा दोब्बर भएर पनि आधा मात्रै आइरहेको बताउँछन् । के कारणले पूर्ण क्षमतामा रेमिट्यान्स भित्रिरहेको छैन भन्ने बारे बेलाबेला चर्चा हुने पनि गरेको छ । घरजग्गा तथा आवास विकास संघका निवर्तमान अध्यक्ष मिनमान श्रेष्ठ रेमिट्यान्स बढाउन नीतिगत सुधार आवश्यक रहेको बताउँछन् । ‘फिक्स डिपोजिट’मा १५ प्रतिशत माथिको ब्याज दिने प्रलोभन देखाइरहेका बैंकहरुले पनि रेमिट्यान्स बढाउन कुनै भूमीका नखेलेको उनको आरोप छ ।रेमिट्यान्स बढाउन सरकार, बैंक र नेपाली जनता सबै लाग्नुपर्ने श्रेष्ठको भनाई छ । उनले १ सय रुपैयाँ रेमिट्यान्स भित्र्याउन ६ रुपैयाँ थप गरेर रेमिट्यान्स पठाउनेलाई १०६ रुपैयाँ दिने हो भने अहिलेको तुलनामा रेमिट्यान्स दोब्बर हुने दाबी पनि गरेका छन् ।‘नेपालीले विदेशमा कमाएको पैसा उतै राख्दा रेमिट्यान्स आउन सकेको छैन, नेपालमा पैसा पठाउँ भन्ने सोच विदेश गएको नेपाली श्रमिकको पनि छ, तर, उता राख्दा १ सय बराबर ५ रुपैयाँ पाउँछ, पैसा बढ्छ’ श्रेष्ठ भन्छन्, ‘तर, त्यहीँ पैसा नेपाल पठाउँदा केही पनि छैन, चार्ज (शुल्क) तिरेर पठायो, सरकारले त्यसमा केही सुविधा दिँदैन । अनि किन आउँछ रेमिट्यान्स ?’उनले विदेशबाट श्रमिकले १ सय रुपैयाँ नेपाल पठाउँदा पठाउने व्यक्तिको परिवारले १०६ रुपैयाँ पाउने वातावरण सिर्जना गर्नुपर्ने पनि बताए । यसका लागि सरकारले ३३ प्रतिशत, बैंक तथा रेमिट कम्पनीहरुले ३३ प्रतिशत र बाँकी ३३ प्रतिशत कुनै न कुनै माध्यमबाट जनताबाट योगदान हुने गरी सय रुपैयाँ रेमिट्यान्स आउँदा पठाउनेको परिवारले ६ रुपैयाँ बढी पाउने अवस्था सिर्जना गर्नुपर्ने उनको भनाई छ ।नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका श्रेष्ठले रेमिट्यान्समा ५० अर्ब लगानी गर्दा १० खर्ब रेमिट्यान्स बढ्ने दाबी गरे । अहिले आप्रवाह भइरहेको विप्रेषणमा १० खर्ब थप हुँदा हरेक नेपालले रेमिट्यान्समार्फत वार्षिक १० खर्ब आम्दानी गर्ने छ ।‘यो असम्भव छैन, सरकारले वैदेशिक रोजगारीमा गएकाहरुलाई च्यानलबाट पैसा पठाउन प्रोत्साहन गर्ने नीति लिनुपर्यो’ श्रेष्ठले भन्छन् ।श्रेष्ठले एक छलफलमा भाग लिँदै राष्ट्र बैंक र बैंकहरुले पैसालाई उद्यम व्यवसायमा सहज रुपमा प्रवाह हुने गरी नीतिगत सुधार गर्नुपर्ने आवश्यकता पनि औल्याए । ‘पैसा डिपोजितमा मात्रै राख्ने हो की, उद्योग व्यवसायमा चल्न दिने हो ?’ प्रश्न गर्दै श्रेष्ठ भन्छन्, ‘पैसालाई बैंकमा डिपोजिट मात्रै गर्नुपर्छ भन्ने मान्यता देखियो, यो होइन नि । पैसालाई त उद्योग व्यवसायमा कर्जाका रुपमा बैंकमार्फत प्रवाह गर्नुपर्छ पो भनेको हो त । पैसालाई उद्योग व्यवसायमा लगाउँदा त्यहाँ उत्पादन र ब्यापार हुन्छ, त्यसपछि त्यहाँ रोजगारी सिर्जना हुन्छ । बैंकमा मात्रै राखेर त्यसले के गर्छ ?’ श्रेष्ठ महासंघको शहरी विकास समितिका सभापति पनि हुन् ।

पेटको बोसो घटाउन आयुर्वेदिक सूत्र, मिल्नेछ मोटोपनबाट सधैँका लागि छुटकारा

तौलसँगै पेटको बोसो पनि घट्न मुश्किल हुन्छ । पेटको बोसो एकपटक घटाइ सकेपछि यसलाई नियन्त्रणमा राख्न पनि निकै गाह्रो हुन्छ । विशेषज्ञले आयुर्वेद मार्फत लामो समयसम्म पेटको बोसो नबढ्ने दाबी गरेका छन् । पेटको बोसो घटाउने आयुर्वेदिक सूत्र :रातिको खाना कम खाने दिनभर हाम्रो पाचन प्रक्रिया सक्रिय रहन्छ । त्यसैले शरीरका लागि आवश्यक क्यालोरीको मात्राको ५० प्रतिशत दिनको समयमा लिने गर्नुपर्छ । रातिको खाना साँझ ७ बजे नै खाने गर्नुपर्छ ।रिफाइन्ड काब्र्सयदि तपाईं पेटको बोसो पगाल्न चाहानुहुन्छ भने र

कोरोना नियन्त्रणको सूत्र – सुशासन र स्वः अनुशासन

कोभिड—१९को पहिलो चरणको सङ्क्रमणबाट तङ्ग्रिन नपाउँदै दोस्रो चरणको महाव्याधिको सामना गर्न विवश पारेको छ। डबल म्यूटेन्ट र रूपान्तरित कोरोनाको सङ्क्रमण दर र गति उच्च भएको विज्ञहरूले दाबी गरेका छन्। नयाँ भेरियन्ट कोभिडले कैयौँको ज्यान गइसकेको छ। यस भाइरसको सङ्क्रमण दर उच्च बिन्दुमा असार तीर मात्र पुग्ने सरकारी आङ्कलन छ। अझ जोखिम बढ्ने कारणले सर्वत्र त्रास […]

कोरोना नियन्त्रणको सूत्र : सुशासन र स्वअनुशासन

कोभिड–१९ को पहिलो चरणको संक्रमणबाट तंग्रिन नपाउँदै दोस्रो चरणको महाव्याधिको सामना गर्न विवस पारेको छ । डबल म्युटेन्ट र रूपान्तरित कोरोनाको संक्रमण दर र गति उच्च भएको विज्ञहरूले दाबी गरेका छन् । नयाँ भेरियन्ट कोभिडले कैयौंको ज्यान गइसकेको छ । यस भाइरसको संक्रमण दर उच्च बिन्दुमा असारतिर मात्र पुग्ने सरकारी आकलन छ । अझ जोखिम […]