प्रदेश राज्यमन्त्री वलीद्वारा राजीनामा

दाङ – लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।  वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बुधवार बसेको प्रदेश सभाको बैठकमा जानकारी गराउनुभयो । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताउनुभयो ।  गएकाे जेठ अन्तिममा वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।

सम्बन्धित सामग्री

राज्यमन्त्री वलीको राजीनामा स्वीकृत, वली भन्छिन्-मैले राजीनामा दिएकी छैन

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्वास्थ्य, जनसंख्या, परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीको राजीनामा स्वीकृत भएको बताएका छन् । प्रदेश सभाको बुधबारको बैठकमा एमालेले राज्यमन्त्री वलीको बारेमा प्रश्न उठाउँदै सरकारको जवाफ माग गरेपछि केसीले वलीले १२ असारमा दिएको राजीनामा स्वीकृत भएको सदनलाई जानकारी गराए । बुधबारको बैठकको सुरुमै एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीका सन्दर्भमा […]

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

१५ असार, बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको […]

विवादित राज्यमन्त्री विमलाको राजीनामा स्वीकृत

विवादमा आएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ ।  मुख्यमन्त्री कुल प्रसाद केसीले  स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले दिएको राजीनामा स्वीकृत गरिएको जानकारी दिएका हुन् ।  लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै केसीले राज्यमन्त्रीबाट असार  १२ गते आएको राजीनामालाई स्वीकृत गरिएको बताए । उनले राजीनामा दिएको विषय सञ्चारमाध्यममा आएपछि मात्रै मुख्यमन्त्रीले यसबारे औपचारिक जानकारी दिएका हुन् ।  जेठ अन्तिममा दाङका वाईसी

राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन्। वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै बुझाएको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन्।

राज्यमन्त्री वलीको राजीनामा स्वीकृत

बुटवल – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन्। वलीले आफूमाथि भइरहेको छानबिनलाई सहज बनाउन भन्दै बुझाएको राजीनामा स्वीकृत गरेको मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभालाई जानकारी गराएका हुन्। प्रतिपक्षी दलले वलीमाथि भइरहेको छानबिनबारे सदनमा प्रश्न उठाएपछि जवाफ दिँदै मुख्यमन्त्री केसीले यही असार १२ गते वलीले राज्यमन्त्री पदबाट दिएको राजीनामा […]

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए ।जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र […]

कुटपिटमा संलग्न लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन्। पटक-पटक विवादमा पर्दै आएकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सुदर्शन बरालले राज्यमन्त्री वलीले राजीनामा दिएको पुष्टि गरे। गत जेठ ३१ गते प्रेमी…

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्रीद्वयले मंगलवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहराज यसअघि माधव नेपाल पक्षमा थिए तर मन्त्रीद्वय शाह र गहतराजले एमालेमै रहने निर्णय गरेपछि पदबाट राजीनामा दिएका हुन् । सुदूरपश्चिममा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिममा नेकपा ...

प्रदेश २ का दुई मन्त्रीले दिए राजीनामा

जनकपुरधाम : प्रदेश २ का एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले रहेका छन्।मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जनता समाजवादी पार्टी उपेन्द्र यादव समूहका नेता हुन्। माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन आफूहरूले स्वेच्छाले राजीनामा दिएको राज्यमन्त्री कुशवाहाले बताए। उनले राजीनामापत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाएको जानकारी दिए।शनिबार प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट सं

लुम्बिनी - राज्यमन्त्री सुमन शर्माद्वारा राजीनामा

रुपन्देही – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री हुनुभएकी सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ ।सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा रही निरन्तरता दिन नसक्ने राज्यमन्त्री रायमाझीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका चार सांसद मन्त्री बनेका थिए ।