सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्रीद्वयले मंगलवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा पत्र बुझाएका हुन् । एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहराज यसअघि माधव नेपाल पक्षमा थिए तर मन्त्रीद्वय शाह र गहतराजले एमालेमै रहने निर्णय गरेपछि पदबाट राजीनामा दिएका हुन् । सुदूरपश्चिममा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिममा नेकपा ...