रुपन्देही – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री हुनुभएकी सुमन शर्मा रायमाझीले राजीनामा दिनुभएको छ ।सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा रही निरन्तरता दिन नसक्ने राज्यमन्त्री रायमाझीले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।लुम्बिनी प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका चार सांसद मन्त्री बनेका थिए ।