पूर्व महान्यायाधिवक्ता रमेश बडालले सरकारले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे निर्वाचन आयोग आफैले निर्वाचन मिति घोषणा गर्नु पर्ने बताएका छन् । बुधवार राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति विषयक खुल्ला बहस’ कार्यक्रममा बोल्दै उनले सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा नगरे निर्वाचन आयोग चुप लागेर बस्न नमिल्ने भन्दै आयोग आफैले निर्वाचनको मिति तोकेर अगाडि बढ्नु पर्ने बताए । बडालले सरकारले निर्वाचन घोषणा