काठमाण्डाै - पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बोलाउनुभएको छ ।
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो भेट गरेपछि प्रधानमन्त्री देउवाले सत्तारुढ दल सहभागी समन्वय समितिको बैठक बोलाउनुभएको हो ।
बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
निर्वाचन आयोगले वैशाखमा चुनाव गर्न सिफारिस गरे पनि सरकारले अझै यसबारे निर्णय गरेको छैन । सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, न...