सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोग र राजनीतिक दलहरुले समेत आफ्नो तयारी तीब्र पारेका छन् । निर्वाचनको तयारीकै बीचमा अहिलेसम्म निर्वाचन सर्ने हल्ला चल्न छाडेको छैन । दलहरुले सारेनन् भने पनि सर्वोच्च अदालतको आदेशबाट स्थानीय निर्वाचन रोकिने तर्कसमेत सुन्न थालिएको छ ।यतिबेला मुख्यतः नेकपा एमालेका केही नेताहरु सत्तारुढ दलबाट ‘अदालतलाई प्रयोग गरेर निर्वाचनको मिति सार्ने षडयन्त्र’ भइरहेको बताउँछन् । तल्लो तहका रा