एसबिआई मर्चेन्टको साधारणसभा

सभाले कम्पनीको आव २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूची समेत) पारित गरेको छ।...

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंकको २९औँ वार्षिक साधारणसभा

नेपाल एसबिआई बैंकको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु […]

नेपाल एसबिआई मर्चेन्ट आठौं वर्षमा

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । नेपाल एसबिआई बैंक लिमिटेडको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा आज सम्पन्न भएको हो । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु […]

नेपाल एसबिआई बैंकको लाभांश पारित

नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न भएको छ ।सभाले बैंकको आर्थिक वर्ष २०७७-०७८ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।सभाले बैंकका सेयरधनीलाई चुक्ता पुँजीमा ५.३१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ […]

नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, संचालकमा अप्सरा उप्रेती निर्विरोध

नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न भएको छ । बैंकले आज पुस २० गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा २८औँ वार्षिक साधारण सभा गरेको हो  । सभाले बैंकको आ.व. २०७७÷७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७÷७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ।सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीमा ५.३१ प्रतिशतका दरले लाभांश (३.५०% बोनश शेयर र १.८१% नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७÷७८ को वित्तीय विवरण सहितको एकीकृत  वित्तीय विवरण समेत स्वीकृत गरेको छ । उक्त साधारणसभाले आ.व. २०७८÷७९ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा÷नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा सम्पन्न भएका हो ।उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरिएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/७९ […]

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको साधारणसभा सम्पन्न

काठमाडौं (अस) । नेपाल एसबिआई मर्चेन्ट बैंकिङको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय केशरमहल काठमाडौंमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले कम्पनीको आव ०७७/७८ को प्रतिवेदन, आर्थिक विवरण  आव ०७७/७८ को नाफा–नोक्सान, लेखापरीक्षक नियुक्तिलगायत विवरण पारित गरेको छ ।

नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, मर्जरको अख्तियारी संचालक समितिलाई

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २० गते मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश गरि कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।   हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् सभामा पेश हुने प्रस्ताव : क) सामान्य प्रस्ताव :१. आ.व. २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७७/७८ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।४.संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु. १७,१८,३३,७५९.७५ बराबर (चुक्ता पूँजीमा १.८१ प्रतिशतका दरले) नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने । ५. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व.२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने । ६. सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने ।विशेष प्रस्ताव १. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु.३३,२२,७५,२२६.०३ बराबर (चुक्ता पूँजीमा ३.५० प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । २. विशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको जारी तथा चुक्ता पूँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालना गर्नका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा/नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ३.बैंकले आ.व. २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु. १,२१,१३,९२२.१७ कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तरगत भएको खर्च रु. १,२१,१३,९२२.१७लाई अनुमोदन गर्ने । ४. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने /गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्ने/गराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने। ५. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने । ६. विविध (अध्यक्षज्यूको अनुमतिमा)।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको साधारणसभा आह्वान

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड Nepal Sbi Merchent Banking  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ६ गते नेपाल एसबिआई बैंकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा आ व. २०७७/७८ का लागि सचालकसमितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आ व २०७७/७८ को वार्षिक आर्थिक विवरण (आषाढमसान्त २०७८ को वासलात, आ व २०७७, ७८ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहर समेत छलफल गरी पारित गर्ने र आ व. २०७८/७५ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।यो कम्पनी नेपाल एसबिआई बैंकको सहायक कम्पनी हो।

एसबिआई बैंकले घोषणा गर्यो २६औं वार्षिक साधारणसभा, १६.८४% नगद लाभांस पारित गर्ने

काठमाडौं। नेपाल एसबिआई बैंकले मंसिर २९ गते २६औं वार्षिक साधारणसभा डाकेको छ। साधारणभामा सञ्चालक समितिले घोषणा गरेको १०.८४ प्रतिशत