प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा बिहीबारको सुनुवाई सकिएको छ । रिट निवेदकका लागी इजलासले दिएको समय अब, ४ घण्टा ४५ मिनेट बाँकी छ । संवैधानिक इजलासमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले निवेदकका लागी बहस गर्न अब ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएका हुन् । बिहीबार वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, वोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका छन् । रमनकुमार श्रेष्ठले ५० मिनेट र हरिहर दाहालले