नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएपछि शुक्रबार साँझ प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् ।ओलीले गठबन्धनले एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् । उनले गठबन्ध