काठमाडौं, २ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकालाई समेत झुक्याएको आरोप लगाएका छन् । आज एमाले संसदीय दलको बैठकमा उनले गठबन्धनमाथि अमेरिकालाई छक्याएको आरोप लगाएका हुन् । बैठकमा गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनको भनाई उदृत गर्दै एक एमाले सांसदले भने,‘अमेरिकालाई छक्याउनेहरुले जनतालाई पनि छक्याउन सक्छन, जो कोहीलाई छक्याउन सक्छन् […]