प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बिहीबार ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।&n