कर पछिको नाफामा पुनः कर

काठमाडौं । नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् । शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका त छैनन् । तर, उनीहरूको लगानीबाट हुने आम्दानीमा भने दुईपटक नै कर लाग्ने गरेको छ । फलस्वरूप आफूहरू दोहोरो करको मारमा परेको लगानीकर्ता तथा शेयरधनीहरूले बताउँदै आएका छन् । शेयरधनी तथा लगानीकर्ताले एउटा आम्दानीमा एकैपटक मात्र कर लगाउने व्यवस्था गर्न पहिलेदेखि नै माग गर्दै आएका छन् । तर, सम्बद्ध निकायले भने यस मागलाई शुरूदेखि नै बेवास्ता गर्दै आएको छ । कम्पनीहरूले पहिला आफ्नो आम्दानी अर्थात् नाफाको २५ प्रतिशतदेखि ३० प्रतिशतसम्म आयकर तिर्छन् । बैंक तथा वित्तीय संस्था र चुरोट, रक्सीजस्ता स्वास्थ्यका लागि हानिकारक मानिने वस्तु उत्पादन गर्ने कम्पनीहरूले नाफाको ३० प्रतिशतसम्म आयकर तिर्छन् । अन्य प्रकृतिका कम्पनीहरूले भने २५ प्रतिशतका दरले आयकर तिर्दै आएका छन् । त्यसपछि बाँकी हुने खुद नाफालाई लाभांशका रूपमा वितरण गर्दा समेत शेयरधनीले ५ प्रतिशत कर तिर्दै आएका छन् । यसरी एउटै आम्दानीमा दोहोरो कर लाग्दा आफूहरू मारमा परेको शेयरधनी तथा लगानीकर्ताको तर्क छ । सोझो रूपमा एकपटक कर तिरिसकेपछि त्यसमा पुनः कर नलाग्नुपर्ने हो । तर, सरकारले भने कम्पनीहरूको हकमा यसरी नै कर उठाउँदै आएको छ, जुन आफूहरूलाई स्वीकार्य नभएको एक लगानीकर्ताले बताए । ‘लगानीकर्ताको लगानीबाट नै कम्पनीले नाफा कमाउने हो । र, त्यो नाफा लगानीकर्ताको नै हो,’ उनले भने, ‘त्यो अवस्थामा कम्पनीले कर तिरे पनि लगानीकर्ताले नै तिरेसरह हो । त्यसअनुसार कर तिरेपछिको नाफालाई लाभांशका रूपमा वितरण गर्दा कर लगाउनुको औचित्य छैन ।’ पछिल्लो समय लगानीकर्ताले पाउने नगद लाभांशभन्दा तिरेको कर रकम नै बढी हुने गरेको उनको भनाइ छ । यद्यपि, यससम्बन्धी यकिन तथ्यांक भने छैन । बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता भने अझै बढी मारमा परेको उनले बताए । ‘यसै पनि बैंकले पहिले नै नाफाको ३० प्रतिशत आयकर तिर्नुपर्छ । त्यसपछि पनि नियमनकारी निकायले तोकेअनुसार सीएसआर, लोन लस प्रोभिजनिङ, कर्मचारीको क्षमता विकासलगायत शीर्षकमा नाफाबाट नै रकम छुट्ट्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसपछि बाँकी हुने वितरणयोग्य नाफामा पनि थप कर तिर्नुपर्दा हामी मर्कामा परेका छौं, तसर्थ यस विषयमा सरकारले पुनर्विचार गर्नुपर्छ ।’ आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेल भने यो व्यवस्था हरेक दृष्टिकोणले ठीक भएको जिकीर गर्छन् । अर्थतन्त्रको सैद्धान्तिक पक्ष, अन्तरराष्ट्रिय अभ्यास, नेपालको कानून तथा व्यावहारिक रूपमा पनि यो ठीक भएको उनको भनाइ छ । ‘पहिला कम्पनीले तिर्ने कर स्वयम् कम्पनीले आफ्नो आम्दानीबाट तिर्ने कर भइहाल्यो । त्यसपछि भने शेयरधनीले लाभांश पाएबापत कर तिर्ने हो,’ उनले भने, ‘तसर्थ, यो व्यवस्था ठीक हो ।’ तर, करसम्बन्धी व्यवस्था कस्तो बनाउने भन्ने विषय सरकारको हातमा रहेको उनको भनाइ छ । यता शेयरसम्बन्धी अध्येता अधिवक्ता ज्योति दाहाल पनि यो व्यवस्था कानूनी तथा व्यावहारिक रूपमा ठीक भएको बताउँछन् । ‘यसमा कम्पनीले आयकर तिरेको हो र शेयरधनीले लाभकर तिरेका हुन् । तसर्थ, यो कर प्रणाली एकोहोरो नै छ,’ उनले भने, ‘यसमा शेयरधनीहरू दोहोरो करको मारमा परेका छैनन् । त्यसैले शेयरधनीहरूले यसलाई स्वभाविक रूपमा स्वीकार गर्नुपर्छ ।’ यस्तै, करविज्ञ भवनाथ दाहाल पनि यो व्यवस्थालाई गलत मान्न नसकिने बताउँछन् । नेपालमा अन्तरराष्ट्रिय अभ्यासअनुसार नै यस व्यवस्थालाई प्रचलनमा ल्याइएको उनले बताए । अन्तरराष्ट्रिय बजारमा ‘इकोनोमिक डबल ट्याक्सेशन’ र ‘इनकम जुडिसियल डबल ट्याक्सेशन’ गरेर दुई तरीकाबाट कर उठाउने गरिन्छ । ‘इकोनोमिक डबल ट्याक्सेशन’ मा एउटै व्यक्ति वा कम्पनीलाई दोहोरो कर लगाइँदैन । तर, आम्दानीमा भने दोहोरो कर लगाइन्छ, जुन अभ्यासलाई नेपालले स्वीकार गरेको छ । यता, ‘इनकम जुडिसियल डबल ट्याक्सेशन’ मा भने एउटै आम्दानीमा सम्बद्ध करदातालाई दुई पटकसम्म कर तिर्नुपर्छ, जुन अभ्यासलाई नेपालले स्वीकार गरेको छैन । नेपालमा अपवादमा बाहेक एउटै आम्दानीमा एउटै करदातालाई दोहोरो कर लगाउने गरिएको छैन । यो अभ्यासलाई केही मुलुकले मात्र स्वीकार गरेका छन् । नेपालले स्वीकार गरेको अन्तरराष्ट्रिय अभ्यास भने ‘इकोनोमिक डवल ट्याक्सेशन’ हो, जुनमा कम्पनीले गरेको आम्दानीमा कम्पनीकै नामबाट कर तिरिन्छ । सोही आम्दानीबाट शेयरधनीले पाउने लाभांशमा शेयरधनीकै नामबाट कर तिरिन्छ । यहाँ एउटै आम्दानीमा दुईपटक कर लगाए पनि व्यक्ति तथा कम्पनीले भने एकपटक मात्रा कर तिरे पुग्छ । तसर्थ, यो व्यवस्था ठीक रहेको करविज्ञ दाहालको भनाइ छ । पछिल्लो समय अस्ट्रेलियाजस्ता विकसित मुलुकहरूले एकल कर प्रणाली नै प्रचलनमा ल्याएका छन् । त्यस्ता मुलुकहरूले एउटा आम्दानीमा एकपटक मात्र कर तिरे पुग्ने व्यवस्था गरेका छन् । त्यहाँका कम्पनीले आफ्नो आयकर तिरेपछि सम्बद्ध शेयरधनीले आफ्नो लाभांशबाट भने कुनै पनि कर तिर्न पर्दैन । तर, नेपालमा यस्तो व्यवस्था गर्न तत्काल सम्भव नभएको करविज्ञ दाहालको भनाइ छ । ‘जुन मुलुक आर्थिक रूपमा बलिया छन्, त्यस्ता मुलुकमा एउटा आयमा एकपटक मात्रा कर तिरे पुग्न सक्छ । तर, नेपाल जस्तो मुलुकमा त्यस्तो अभ्यास प्रचलनमा ल्याउँदा झन् समस्या हुन सक्छ,’ उनले भने, ‘तसर्थ, तत्काल यो विषयमा सोच्नु त्यति राम्रो हुँदैन । त्यो विषयमा नेपाल अझै २०० वर्ष पछाडि छ ।’ करदाताले कतिपटक भन्दा पनि कति प्रतिशत वा कति रकम करबापत तिर्‍यो भन्ने विषयले बढी महत्त्व राख्ने उनको भनाइ छ । नेपालमा त्यसरी हेर्दा करदाताहरू त्यति मारमा नपरेको उनले बताए ।  ‘विश्वका केही मुलुकमा ४० प्रतिशतभन्दा पनि बढी कर तिर्नुपर्ने व्यवस्था छ । नेपालमा भने करको अधिकतम सीमा भनेको ३६ प्रतिशत हो,’ उनले भने, ‘त्यो अवस्थामा कतिपय करदाताले एकैपटकमा ३६ प्रतिशतसम्म नै कर तिरेका छन् । तर, कम्पनीहरूको नाफामा लगाइने करको हकमा पटकपटक गर्दा पनि अधिकतम सीमामा पुग्दैन । बैंककै हकमा पनि बैंकले पहिला आयकरबापत तिर्ने ३० प्रतिशत र बाँकी रहेको ७० प्रतिशत नाफाको ५ प्रतिशत कर तिर्दा कुल नाफाको ३३/३४ प्रतिशत मात्र कर तिरिन्छ । तसर्थ, यो त्यति गलत हो जस्तो लाग्दैन ।’

सम्बन्धित सामग्री

सहकारीलाई कस्दै सरकार: खाता खोल्न प्यान अनिवार्य, नाफामा बढ्यो कर

काठमाडौं । सरकारले सहकारी संस्था कस्ने नीति लिएको छ । पछिल्लो समय सहकारीहरु ज्यादा नाफामुखी हुने गरेको आरोप लाग्दै आएको छ । सदस्यको हितमा केन्द्रित हुनुपर्ने सहकारी नाफा केन्द्रित हुँदा समस्या देखिएको छ । आर्थिक विधेयक २०८० मार्फत सहकारीले गर्ने नाफामा शत प्रतिशत कर बढाइएको छ । आर्थिक विधेयकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी […]

सहकारी आयकर घट्यो, नगरपालिका भित्र अब ५ प्रतिशत मात्रै लाग्ने

सहकारी आयकर घटेको छ । सरकारले बिहीबार आर्थिक ऐन २०७९ संशोधन गर्दै सहकारी संस्थाको नाफामा लाग्ने आयकर घटाएको हो । संशोधित आर्थिक ऐन २०७९ अनुसार अब  नगरपालिका क्षेत्रभित्र सञ्चालित सहकारीको कारोबारमा ५ प्रतिशत मात्र आय कर लाग्नेछ भने उपमहानगरपालिका भित्रका सहकारीको कारोबारमा ७ प्रतिशत र महानगरपालिकाभित्रका सहकारीमा १० प्रतिशत आय कर लाग्ने छ ।यसअघि सहकारी संस्थालाई कर छुट हुने बाहेकको कारोबारमा नगरपालिका क्षेत्रभित्र ७.५ प्रतिशत, उपमहानगरपालिका क्षेत्र भित्र १० प्रतिशत र महानगरपालिका भित्

मदिरा सेवनलाई आकर्षक र उद्योगलाई नाफामा लैजान प्रतियोगिता

जापानका युवा वयस्कहरूले आफ्ना आमाबाबुको तुलनामा कम मदिरा सेवन गरिरहेका छन्, जसले चावल वाइन जस्ता पेय पदार्थहरूमा करलाई प्रभाव पारेको छ । उनीहरूले नयाँ अभियानबाट यसलाई परिवर्तन गर्न सक्षम हुनेछन् भन्नेमा अधिकारीहरूले आशा गरेका छन् । देशको राष्ट्रिय कर एजेन्सीले प्रतियोगिता सुरु गरेको छ । ‘सेक भिभा’ अभियानले मदिरा सेवनलाई थप आकर्षक बनाउन र उद्योगलाई […]

कम्पनीको नाफामा ऐनविपरीत तेस्रोपटक कर

काठमाडौं । लाभांश आम्दानी (डिभिडेन्ड इनकम) गर्ने कम्पनीहरूले दिने लाभांशमा शेयरधनीहरूले ऐनविपरीत नै तेस्रोपटक कर तिर्दै आएको पाइएको छ । बैंक, इन्भेष्टमेन्ट कम्पनी, हाइड्रो पावर कम्पनीलगायत कम्पनीका शेयरधनीहरू यस्तो मारमा पर्दै आएका हुन् । तर, यो विषयमा लगानीकर्ता तथा कम्पनीहरू पनि त्यति जानकार छैनन् । फलस्वरूप शेयर लगानीकर्ता यसको मारमा परेका हुन् । नेपालका बैंक, इन्भेष्टमेन्ट कम्पनी र केही हाइड्रोपावर कम्पनीहरूले आफ्नै सहायक कम्पनी तथा अन्य कम्पनीमा शेयर लगानी गर्दै आएका छन् । र, त्यसबाट वर्षेनि लाभांश आम्दानी गरिरहेका छन् । त्यस क्रममा लगानी गरिएको सहायक तथा अन्य कम्पनीले पहिलोपटक आयकर अर्थात् कर्पोरेट ट्याक्स तिर्छन् । त्यसपछि लगानीकर्ता कम्पनीहरूले त्यहाँबाट पाउने लाभांशमा थप ५ प्रतिशत लाभकार तिर्छन् । आयकर ऐनअनुसार त्यस्तो आम्दानीमा थप कर भने लाग्दैन । तर, त्यस्ता कम्पनीका शेयरधनीहरूले अप्रत्यक्ष रूपमा त्यस्तो आम्दानीमा पनि लाभकर तिर्दै आएका छन् । सम्बन्धी कम्पनीहरूले लाभांशबापत आएको आम्दानीबाट छुट्टै लाभांशको रूपमा डिक्लीयर गरेमा कर लाग्दैन । कम्पनीका शेयरधनीहरूले त्यसबापतको लाभांश विनाकर स्वतः रूपमा लैजान पाउँछन् । तर, कम्पनीहरूले त्यस्तो आम्दानीलाई छुट्टै लाभांशका रूपमा घोषणा गर्ने गरेका छैनन् । त्यस्तो आम्दानी सीधै नाफा नोक्सान खातामा नै समावेश गर्ने गरेका छन् । अर्थात् कम्पनीहरूको त्यस्तो लाभांशलाई पनि कुल लाभांशमा नै जोडर वितरण गर्ने गरेका छन् । फलस्वरूप कर नै तिर्न नपर्ने लाभांशमा समेत शेयरधनीहरूले कर तिर्दै आएको जानकारहरू बताउँछन् । यद्यपि, कम्पनीहरूहले त्यस्तो आम्दानीमा कर्पोरेट ट्याक्स भने तिरेका छैनन् । धितोबजारसम्बन्धी अध्येता अधिवक्ता ज्योति दाहालले लाभांश आम्दानी गर्ने कम्पनीका लगानीकर्ता साँच्चै दोहोरो करको मारमा परेको बताए । विशेषगरी कम्पनीहरूले नै बेवास्ता गर्दा उनीहरू यस्तो मारमा परेको उनको भनाइ छ । ‘डिभिडेन्ड इनकम गर्ने कम्पनीहरूले सोही आम्दानी शेयरधनीहरूलाई विनाकर वितरण गर्न सक्छन् । त्यसका लागि कम्पनीहरूले छुट्टै लेखापरिक्षण गर्नुपर्छ,’ उनले भने, ‘तर, कम्पनीहरूले त्यस्तो आम्दानीमा छुट्टै लेखापरीक्षण गरेका छ्र्रैनन् । फलस्वरूप कर नै तिर्ने नपर्ने लाभांशमा समेत शेयर लगानीकर्ताले कर तिनुपरेको छ ।’ कम्पनीहरूले यस विषयमा बेवास्ता गर्दा यस्तो भएको उनको भनाइ छ । ‘यो सरकारको इस्यु नभएर कम्पनीको इस्यु हो । कम्पनीहरूले यस विषयमा ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘यद्यपि, सरकारले पनि यसमा सहजीकरण आवश्यक हुन सक्छ ।’ लाभांश आम्दानी गर्ने कम्पनीका अधिकारीहरू पनि यस विषयलाई स्वीकार गरेको देखिन्छ । अभियानसँगको कुराकानीमा केही कम्पनीका प्रतिनिधिहरूले लाभांशबापत हुने आम्दानीको छुट्टै लेखापरीक्षण गर्ने नगरेको बताए । फलस्वरूप त्यस्तो आम्दानीमा तेस्रो पटक पनि कर लाग्ने गरेको उनीहरूले स्वीकार गरेका छन् । ‘त्यस्तो आम्दानीको कर्पोरेट ट्याक्स भने तिर्दैनौं नै । तर, लाभांश भने एकमुष्ट रूपमा नै घोषणा हुने गरेको छ,’ एक कम्पनीका अधिकारीले भने, ‘त्यो क्रममा लाभांशबापत हुने आम्दानीबाट दिइने लाभांशमा पनि लाभकर लाग्ने गरेको छ ।’ त्यस्तो आम्दानीको छुट्टै लेखापरीक्षण गर्न सकेमा यस्तो समस्या नहुने कम्पनीहरूको भनाइ छ । अब यस विषयलाई ध्यान दिइने केही कम्पनीका अधिकारीहरूको प्रतिबद्धता रहेको छ ।

नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा

नेपालमा सञ्चालित कम्पनीहरूको नाफामा दोहोरो कर लगाउँदा लगानीकर्ता मारमा परेका छन् । विशेषगरी पब्लिक कम्पनीहरूको लगानीकर्ता (संस्थापक र सर्वसाधारण) हरू दोहोरो करको मारमा परेका हुन् ।शेयरधनी तथा लगानीकर्ता आफैले दुईपटक कर तिरेका त छैनन् । तर, उनीहरूको लगानीबाट हुने आम्दानीमा भने दुईपटक नै कर लाग्ने गरेको छ । फलस्वरूप आफूहरू दोहोरो करको मारमा परेको लगानीकर्ता तथा शेयरधनीहरूले बताउँदै आएका छन् । शेयरधनी तथा लगानीकर्ताले एउटा आम्दानीमा एकैपटक मात्र कर लगाउने व्यवस्था गर्न पहिलेदेखि नै माग गर्दै आ

बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर लगाइने सहमति भएको छ । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूबीच ठूला व्यवसाय अर्थात बहुर्राष्ट्रिय कम्पनीहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने सहमति भएको हो । बहुर्राष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने विषय बाहिर आइरहेको बेला २० देशका नेताहरूले सो […] The post बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बहुराष्ट्रिय कम्पनीमाथि १५ प्रतिशत कर लगाउन जी-२० का नेता सहमत

१४ कात्तिक, काठमाडौं । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताले बहुराष्ट्रिय व्यवसायको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौता अनुमोदन गरेका छन् । जी-२० को शिखर सम्मेलनमा रोममा भेला भएका २० मुलुकका नेताले ठूला व्यवसायमाथि कम्तीमा १५ प्रतिशत कर लगाउने एक सम्झौता अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । नयाँ सम्झौतालाई आइतबार औपचारिक रुप […]

जी-ट्वान्टी सम्मेलन : ठूला व्यवसायीहरुको नाफाबाट १५ प्रतिशत कर कट्टी गरिने

विश्वका प्रमुख २० अर्थतन्त्र बोकेका ठूला धनाढ्य व्यवसायीहरुको नाफाबाट अब कम्तिमा १५ प्रतिशत कर असुल गरिने भएको छ ।  रोममा चलिरहेको जी–ट्वान्टी सम्मेलनले प्रमुख अर्थतन्त्र बोकेका १९ मुलुकहरुका ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेको हो ।व्यवसायीहरुले बहुराष्ट्रिय कम्पनीको नाममा कम कर प्रावधानको फाइदा उठाउँदै घुमाउरो तरिकाले नाफा कुम्ल्याई रहेको भन्दै सम्मेलनले त्यस्तो प्रावधान अनुमोदन गरिएको हो । रोममा चलिरहेको जी–ट्वान्टी सम्मेल

जी–२० सम्मेलनमा कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक सहमति

काठमाण्डाै - विश्वका प्रमुख अर्थतन्त्र रहेका देशले व्यवसायको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौतालाई अनुमोदन गरेका छन् । बहुराष्ट्रिय कम्पनीले कम कर प्रावधानका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ताका माझ कर्पोरेट करसम्बन्धी सम्झौता अनुमोदन गरिएको हो । इटलीको रोममा चलिरहेको जी–२० सम्मेलनमा सहभागी नेताहरुले यो सम्झौतामा सहमति जनाएका हुन् । अमेरिकाले प्रस्ताव गरेको कर सम्बन्धी सम्झौता सन् २०२३ देखि लागू हुने समाचार संस्था रोयटर्सले जनाएको छ । सम्मेलनमा जलवायु परिव...

‘ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लाग्ने’

बीबीसी । विश्वका २० ठूला अर्थतन्त्र भएका देशका नेताहरूले ठूला व्यवसायहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने एउटा विश्वव्यापी सम्झौता स्वीकृत गरेका छन् । इटलीको रोममा जी २० सम्मेलनमा उपस्थित सबै नेताहरू उक्त सम्झौताको लागि सहमत भएका थिए । बहुराष्ट्रिय कम्पनीहरूले उनीहरूको नाफालाई कम कर क्षेत्राधिकारमार्फत रि–रुटिङ गरिरहेको बेला यस सम्झौता...