दाङको घोराही उपमहानगरपालिकाको उपमेयरमा काँग्रेस नेता भुपबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । शनिबार बसेको गठबन्धन दलको बैठकले डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।यसअघि मेयरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मालाई उम्मेदवार बनाइसकिएको छ