नेकपा समाजवादीबाट हेटौंडा उपमहानगरको मेयर पदमा रोमनाथ भुर्तेलले उम्मेदवारी दर्ता गरेका छन् । भुर्तेलको प्रस्तावकमा केदरनाथ दुलाल रहेका छन् भने समर्थकमा देवनाथ अधिकारी छन् । त्यसैगरी उपमेयरमा मख कुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गरेकी छन् । तिमल्सिनाको प्रस्तावक बालकृष्ण चौलागाईं रहेका छन् भने समर्थक अर्जुनप्रसाद न्यौपाने रहेका छन् ।