एजेन्सी । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी ताइवानको राजधानी ताइपेई पुगेकी छन् । चीनले न्यान्सी पेलोसीको यो भ्रमणलाई रोक्न निकै प्रयास गरेको थियो । यसका लागि चीनले बारम्बार धम्की पनि दिएको थियो तर अमेरिका आफ्नो वचनमा अडिग रह्यो । अन्ततः न्यान्सी पेलोसी सकुशल ताइवानको भूमिमा पुगेकी छन् ।