काठमाडौं : सरकारले नेपाली कामदारलाई शून्य लागतमा जापान पठाउने तयारी गरेको छ। भाषा र सीप परीक्षा उत्तिर्ण गरी बसेका झण्डै साढे ५ हजार युवालाई क्रमशः पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो। त्यसका लागि दुई देशबीच भएको समझदारीअनुसार गठित संयुक्त कार्यसमितिको दोस्रो बैठक आज बस्दैछ। विहान १० बजे बस्ने बैठकमा परीक्षा पास गरि बसेकालाई कसरी पठाउने, निजी तथा सरकारी क्षेत्रको भूमिका के हुने भन्ने विषयमा छलफल गरिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जा