काठमाडौं : भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू जापान जान पाउने भएका छन्। एस. एस. डब्ल्यू. प्रणालीमार्फत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो। यस अघि सन् २०१९ मार्चमा एस. एस. डब्ल्यू. प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रम