चिनियाँ नागरिकले संचालन गरेको कम्पनीमा प्रहरी छापा

काठमाडौं, १६ असार । प्रहरीले चिनियाँ नागरिकले चलाएको पोखराको ड्यामसाइटस्थित कम्पनीमा छापा मारेको छ । कम्पनीमार्फत् साइबर अपराधको उजूरी परेपछि कास्की प्रहरीले छापा मारेको हो । छापा मारेर प्रहरीले के के बरामद गर्यो खुलेको छैन । कम्पनीमा रहेका तीन जना चिनियाँ र ७५ जना नेपाली नागरिकलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । पछिल्लो समय नेपालमा […]

सम्बन्धित सामग्री

नेशनल लाईफको अभिकर्तालाई लिडर नाइट विथ पारस खड्का सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने ‘लिडर्स नाईट वीथ पारस खड्का’ कार्यक्रम काठमाडौंस्थित चन्द्रागिरी हिल्समा सम्पन्न गरेको छ । कात्तिक १९ देखि २१ गतेसम्म भएको कार्यक्रममा कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ श्रावण महिनामा संचालन गरेको अभिकर्ता योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडरसमेत रहेका राष्ट्रिय […]

नेपाल वेयरहाउजिंङ कम्पनीको साधारणसभा सम्पन्न, आईपिओ निष्काशन प्रस्ताव पारित

नेपाल वेयरहाउजिंग कम्पनीको चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संस्थापकहरुबाट कूल पुजीको ८० प्रतिशत बराबर रु ५५ करोड पुजी पुर्याई २० प्रतिशत बाराबारको रु १३ करोड ७५ लाख सर्बसाधारणहरुका लागि यहि आर्थिक वर्ष भित्रमा जारी गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले साइलो प्रबिधिबाट मकै, गौ, भटमास लगायत ५५,००० मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषी उपजहरुको बैज्ञानिक लिलाम ब्यबस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुबिधा तथा अनाज कन्टेनरको सेवा दिनेछ । कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५००० मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ । तिनवटै पारियोजानाको अनुमानित लागत रु १ अरब ५० करोड छ, जसमा बाकी लगानी ५ वटा बैंकहरुबाट सहबित्तियकारणबाट जुटाएको छ । औरबानी शाखाको संचालन यहि महिनाबाट भण्डारण सुरुवात गर्ने योजना रहेको कम्पनीले जनाएको छ । साथै ६ महिना भित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने लक्ष्य कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बडाबडको सुरुवात गर्ने लक्ष्य समेत लिएको कम्पनीले जनाएको छ ।  कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुबिधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा बडाई देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष लिईएको कम्पनीले उल्लेख गरेको छ  ।कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको कम्पनीले जनाएको छ ।

बौद्धको कस्मेटिक कारखानामा प्रहरी छापा, ५ करोड बढीको सामान ‘सिल’

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँ बस्तीमा रहेको कस्मेटिक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । सो कारखाना दीपिका अग्रवाल उनका पति राहुल अग्रवाल र भाइ रोहित अग्रवालले संचालन गरेका हुन् । सो कम्पनीले कमसल सामान उत्पादन गरेर नाम चलेका कम्पनीको स्टिकर टाँसेर बजारमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कारख

मुक्तिनाथ कृषि कम्पनीले माग्यो आईपिओ निष्काशन अनुमति

मुक्तिनाथ कृषि कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन २० गते बोर्डमा आवेदन दिएको हो ।कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।   कम्पनीले आईपिओ निष्काशन गर्नको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । वि.स. २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको छ। मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालका ८६३ जना भन्दा बढि व्यवसायिक व्यक्तिहरुको लगानीमा यो कम्पनी स्थापना भएको हो । कम्पनीले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको जनाएको छ । कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । यो शुरुवात संगै संस्थागत रुपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङगा सावित हुने मुक्तिनाथ कृषि कम्पनी लि. का कार्यकारी अध्यक्ष भरतराज ढकालले बताएका छन्।  विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि कम्पनीले विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ ।

मिनवा म्यानपावरमा मन्त्री श्रेष्ठको स्टिङ अपरेसन, ३ जना पक्राउ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतवारदेखि संचालन भएको 'कल सेन्टर' मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि 'मार्सल टोली' ले स्टिइङ अपरेसन गरेको छ । काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना आएपछि मन्त्रालयले गठन गरेको मार्सल टोलीले संचालक हेमराज राई सहित तीनजनालाई नियन्त्रणमा लिएको हो । वैदेशिक रोजगारीमा कतार जाने तयारीमा रहेका अलि मुस्तफासँग १ लाख २० हजार रुपैयाँ लिंदै गरेको अवस्थामा म्यानपावर संचालक राई, म्यानपावरका कर्मचारी साहरा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिइ केन्द्रीय अनुसन्धान व्युरोमा लगिएको 'मार्सल टोली' का संयोजक बिष्णु लामिछानेले बताए  । सरकारले तोकेभन्दा धेरै रकम लिने म्यानपावरका बारेमा सूचना पाए तत्काल स्टिङ अपरेसन गरिने लामिछानेले बताए  । आइतबार 'कल सेन्टर' सुरुवात गर्ने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग पहिलो  फोनमा गुनासोकर्ताले म्यानपावरले सरकारले तोकेभन्दा बढी पैसा असुली गर्ने गरेको बताएका थिए । मन्त्री श्रेष्ठले धेरै पैसा लिने म्यानपावरका बारेमा कल सेन्टरमा जानकारी गराउन आग्रह गरेका थिए । वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने क्रममा रहेका र विदेशमा अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमन तीव्र पारिने मन्त्री श्रेष्ठले बताए  ।

भारतीय कम्पनी पेटिएमले ल्याउने भयो हालसम्म कै ठूलो आईपिओ, खर्ब बढीको आकार

भारतीय कम्पनी वान नाईन सेभेन कम्युनिकेशन कम्पनीले भारतीय पुँजीबजारको इतिहास कै ठूलो आईपिओ ल्याउनको लागि अनुमति पाएको छ । भारतको पुँजीबजारको नियामक निकाय सेबीले कम्पनीलाई १६ हजार ६ सय करोड भारु बराबरको आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको भारतीय संचारमाध्यमहरुले जनाएको छ । यो २.२ अर्ब डलर अर्थात साढे २ खर्ब बढी नेपाली रुपैयाँ बराबरको आकार हो  ।  यद्यपि भारतको अंग्रेजी अनलाइन इकोनोमिक टाइम्सले आईपिओको आकार बढेर १८ हजर करोड सम्म पुग्ने सक्ने उल्लेख गरेको छ ।  यो कम्पनीले डिजिटल पेमेन्ट सेवा पेटिएम संचालन गरिरहेको छ । भारतमा सन् २०१३ मा कोल इण्डियाले १५ हजार करोड बराबरको आईपिओ निष्काशन गरेको थियो । सो नै हालसम्मको ठूलो आईपिओ थियो । पेटीएमको आईपिओले १६ हजार ६ सय करोड जुटाएर सो रेकर्ड तोड्ने भएको हो ।कम्पनीले फ्रेस इक्विटी मार्फत ८३०० करोड र अफर फर सेल मार्फत ८३०० करोड जुटाउने बताईएको छ । पेटीएममा अलीबाबाको एन्ट ग्रुपको २९.७१ प्रतिशत, सॉफ्टबैंक विजन फंडको १९.६३ प्रतिशत, सैफ पार्टनर्सको १८.५६ प्रतिशत र विजय शेखर शर्माको १४.६७ प्रतिशत लगानी रहेको छ। कम्पनीमा एजीएच होल्डिंग, टी रो प्राइज, डिस्कवरी कैपिटल र बर्कशायर हैथवेको १० प्रतिशत भन्दा कम हिस्सेदारी रहेको छ । कम्पनीले आईपिओबाट उठेको रकम कम्पनीको पेमेन्ट इकोसिस्टमलाई थप मजबुत बनाउन र नयाँ बिजनेश इनिशिएटिवमा खर्च गर्ने जनाएको छ। कम्पनीको आईपिओ मध्य नोभेम्बरमा भारत दुवै स्टक एक्सचेन्ज अर्थात् बिएसई र एनएसईमा सुचिकृत हुने इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

सिन्डिकेट पक्षधर व्ययवसायीको बन्दमा कम्पनीमा आबद्ध गाडी चल्ने

कम्पनीका नामबाट संचालिन सवारीसाधनले आफ्नो सेवालाई शुक्रबार निन्तरता दिने भएका छन्। विभिन्न समितिमा आबद्ध सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले भोलि शुक्रबार सवारीसाधन बन्द गर्ने निर्णय गरेका बेला कम्पनीमा आबद्ध भएका सवारीसाधन सेवा दिन तयार भएका हुन्। यातायात व्यवस्था विभागसँग आज भएको छलफलमा विभिन्न ५० बढी यातायात कम्पनीका प्रतिनिधीले सुरक्षाको प्रत्याभूति भएमा सबै सवारीसाधन संचालन गर्ने प्रतिबद्धता…

ज्ञापन पत्र बुझाउन गएका यातायात व्यवसायीलाई मन्त्रीको जवाफ: निर्णय फिर्ता हुँदैन

सरकारले कम्पनीमा दर्ता भई सोही ऐनमार्फत यातायात संचालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ। आफ्ना मागहरुका सम्वन्धमा ज्ञापन पत्र बुझाउन गएका व्यवसायीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्णय फिर्ता नहुने जनाउँदै कम्पनीमार्फत नै बसहरु संचालन गर्न आग्रह गरे। आन्दोलनभन्दा बार्तावाटै समस्या समाधान गर्ने मनसायका साथ व्यवसायीहरु ज्ञापन पत्र बुझाउन गएका थिए। व्यवसायीहरुले मन्त्री महासेठ…

यातायात व्यवसायीको हड्तालमै ८० कम्पनीका ६ सय गाडी गुड्ने :: Pahilopost.com

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलन अवज्ञा गर्दै ८० वटा कम्पनीले सार्वजनिक यातायात संचालनमा ल्याउने भएका छन्। महासंघले वैशाख २१ गते एक दिन र वैशाख २७ गतेपछि अनिश्चितकालीन बन्दको घोषणा गरेका थिए। यो आन्दोलनको अवज्ञा गर्दै कम्पनीमा दर्ता भएका ८० कम्पनीका सार्वजनिक यातायात संचालन आउनेछ। यो सवारी