बौद्धको कस्मेटिक कारखानामा प्रहरी छापा, ५ करोड बढीको सामान ‘सिल’

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बौद्ध नयाँ बस्तीमा रहेको कस्मेटिक सामग्री उत्पादन गर्ने कारखानामा प्रहरीले छापा मारेको छ । नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कम्पनीमा छापा मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । सो कारखाना दीपिका अग्रवाल उनका पति राहुल अग्रवाल र भाइ रोहित अग्रवालले संचालन गरेका हुन् । सो कम्पनीले कमसल सामान उत्पादन गरेर नाम चलेका कम्पनीको स्टिकर टाँसेर बजारमा बेच्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । कारख

सम्बन्धित सामग्री

४ महिनामा ५ करोड रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद

रुपन्देहीस्थित सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले चार महिना अवधिमा ५ करोड मूल्यका भन्सार छलेर भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ ।

पर्सामा १ महिनाभित्र ५ करोड भन्दा बढीको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा ५ करोड ८७ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको जनाएको छ।

खोटाङको बाक्सिलामा आगलागी: ५ करोड बराबरको क्षति

सोमबार साँझ पौने ५ः०० बजे स्थानीय दिपक गुरुङको घरमा आगलागी हुँदा ५ घर र झण्डै दर्जन पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए।...

खोटाङको बाक्सिला बजारमा भएको आगलागीबाट झण्डै ५ करोड रुपैयाँ बराबरको क्षति

खोटाङ - खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा हिजो भएको आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा, कपडा र नगद ५० हजारसहित एक करोड ४१ लाख ७७ हजार, छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजारसहित २० लाख ४० हजार, शुभराज राईको घर र राईको घरमा भाडामा बसिरहेका गाउँपालिका अध्यक्ष समिर राईको कपडा, पुस्तक र किराना पसल, न...

झापामा आगलागीबाट ५ करोड बराबरको धनमाल नष्ट

झापाको बिर्तामोड नगरापालिका–५ मा रेडिमेट सेन्टरमा आगलागी हुँदा करोडौंको धनमाल नष्ट भएको छ । राजु बंशलको मुक्ति चोकस्थिमा सञ्चालन गरेको ‘बंशल रेडिमेट सेन्टर’मा मंगलबार बिहान आगलागी हुँदा सम्पूर्ण सामान जलेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीका अनुसार करिब ५ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले बिर्तामोड नगरपालिका, मेची नगरपालिका, कमल गाउँपालिका र भद्रपुर नगरपालिकाका ४ वटा दमकल र स्थानीयको सहयोगमा आगो निभाएको थियो । घटनाबारे इप्रका अनारमनीले

५ करोड रुपैयाँ बढीको सुपारी पक्राउ, सुपारी धनी खोज्दै प्रहरी

‘८ वटा भारतीय नम्बरका ट्रकसहित ठूलो परिमाणमा सुपारी नियन्त्रणमा लिएका छौं,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘यस नाका हुँदै शंकास्पद अवस्थामा ट्रक भारतर्फ जान लागेको छ भन्ने सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिएर जाँच गर्दा सुपारी भेटिएको...

दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध ५ करोड ८९ लाख रुपैयाँ ठगीको उजुरी

दाङ - दाङको तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएर अलपत्र पारेको आरोप लागेका ठेकेदार अनुप पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी मुद्दा परेपछि ठेकेदार पाण्डेलाई पक्राउ पुर्जी जारी गरेर खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर–घोराही चार लेन सडक खण्ड निर्माणको जिम्मा लिएका ठेकेदार पाण्डेविरूद्ध कुल ५ करोड ८९ लाख रुपैयाँ ठगी गरेको भन्दै विभिन्न १७ जनाले प्रहरी र प्रशासनमा जाहेरी दिएका थिए। पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका वडा नम्बर–१५ भरतपुरका व्य...

कहाँबाट आउछ बरामद भएको रकम ?

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार आव २०७४/७५–चालू आवको भदौ २९ गतेसम्म ३० करोड ९० लाख ३६ हजार ३४३ रुपैयाँ बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले मात्रै २०७७ मंसिरदेखि २०७८ कात्तिकसम्म ५ करोड ५६ लाख ७३ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ भने १७ जनालाई प्रक्राउ गरेको छ। प्रहरीले देशका विभिन्न स्थानबाट बरामद गरेका उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दाखिला गरेको रकम हो। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७४/०७५ मा ५ करोड ८२ लाख ८५ हजार ६७९, २०७५/७६ मा १०

बुटवलको एक डान्स क्लबमा आगलागी, ५ करोड क्षति

बुटवल । बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ । सञ्चालनमा आउनु भन्दा एक दिनअघि आगलागी भएको हो । शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीमा बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको छ ।

६ महिनामा १०१ जना फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय नवलपरासीले विगत ६ महिनाको अवधिमा १०१ जना फरार अभियुक्त पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरेको छ ।जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक मनोज कुमार यादवका अनुसार यस अवधिमा प्रहरी कारबाहीबाट ५ करोड १८ लाख भन्दा बढी राजस्व दाखिला भएको छ । जिल्लाको विभिन्न क्षेत्रमा भएको चोरी तस्करीका मालसामान बरामद गरी ६ महिनाको अवधिमा कुल ५ करोड १८ लाख ८३ हजार ६४ रुपैयाँ भन्सार तथा विभिन्न सरकारी निकायमा राजस्व दाखिला गराएको उनले जानकारी दिए ।यो अवधिमा भन्सार छल