मन्त्रिपरिषदको बैठकले वीर भक्ति थापालाई राष्ट्रिय विभूतिमा थप गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले यसबारे निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री वसन्त नेम्वाङले जानकारी दिए । यो निर्णयसँगै नेपालका राष्ट्रिय विभूतिहरूको संख्या १७ पुगेको छ ।