काठमाडौं। मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ। बिहीबारको बैठकले उपनिर्वाचनबारे निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। राष्ट्रिय सभामा रिक्त रहेको एक सिटका लागि उपनिर्वाचन हुन लागेको हो। रुपन्देही-५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएपछि एमालेका नेता खिमलाल भट्टराईको राष्ट्रिय सभाको पद गएको थियो। तर उनको उम्मेदवारी निर्वाचन आयोगले स्वीकृत […]