तातोपानी नाकाबाट केही कन्टेनर भित्रिए, नाका नियमित हुनेबारे अन्योल

२६ भदौ, काठमाडौं । एक महिनापछि चीनले तातोपानी नाकाबाट सामान नेपाल पठाएको छ । चीनतर्फ रोकिएको लसुनसहितका सामान बोकेका केही कन्टेनर नेपालतर्फ पठाएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार चीनले नियमित रुपमा नै नाका खुलाएको हो वा हैन भन्नेबारे अन्योल रहेको बताए । ‘केही ट्रक सामान आएका छन्, […]

सम्बन्धित सामग्री

तातोपानी नाका खुले पनि छैन व्यावसायिक चहलपहल

भोटेकोशी गाउँपालिका वडा नम्बर २ स्थित चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट एक साताअघि नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात खुलाइयो । सो दिनको तामझामले सीमाक्षेत्रमा चलहपहल बढ्ने आशमा व्यवसायी र जनप्रतिनिधि उत्साहित भए ।

सहज बन्दै तातोपानी नाका

चीनको उत्तरी सीमा तातोपानी नाकाबाट आयात वृद्धि भएको छ । दैनिक पाँच कन्टेनर सामान आयात हुँदै आएको नाकाबाट अहिले दैनिक १० देखि १५ कन्टेनर सामान भित्रिन थालेको तातोपानी भन्सार कार्यालयले जनाएको...

खासाबाट दैनिक दुई कन्टेनर भित्रिँदै

तातोपानी नाका आंशिक रूपमा खुला भएको छ । अहिले यो नाकाबाट दैनिक दुई–तीन मालवाहक कन्टेनर नेपाल भित्रिने गरेका छन् ।तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत लक्ष्मण बास्तोलाले बिहीबार चीनको खासाबाट दुईवटा कन्टेनर भित्रिएको जानकारी दिनुभयो । उक्त दुई गाडीमध्ये एउटाले जलविद्युत् आयोजनाका उपकरण र अर्कोले ऊन लिएर आएको बास्तोलाले बताउनुभयो ।

तातोपानी र रसुवागढी नाका आजदेखि सञ्चालनमा

काठमाडौं । डेढ महिनादेखि बन्द भएको चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । नेपाल चीनबीच नाका सञ्चालनको सहमतिपछि तातोपानी नाका सञ्चालनमा आएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीकाअनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेको छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको उनले […]

तातोपानी नाकाबाट आयात सहज बन्दै

सिन्धुपाल्चोक । तातोपानी नाकाबाट आयात सहज बन्न थालेको छ । अहिले दैनिक २० वटासम्म मालवाहक कन्टेनर चीनबाट नेपाल आयात हुन थालेको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिएका छन्। तिहार अघिसम्म चीनबाट दैनिक आठ वटा कन्टेनर मात्रै तातोपानी नाका भित्रिन्थे । अहिले चीनबाट तातोपानी नाका हुँदै नेपालतर्फ रासायनिक मल, स्याउ, […]

तातोपानी नाकाबाट छ कन्टेनर भित्रिए

मितेरी पुलको मर्मतका लागि बन्द गरिएको तातोपानी नाका तीन सातापछि खुलेको छ । नाका खुलेसँगै मंगलबार ६ कन्टेनर चिनियाँ सामाग्री नेपाल भित्रिएका छन् । कोरोना संक्रमण सन्त्रास, नाका प्रति स्थानीयको फरक बुझाईलगायतका कारण पटक पटक बन्द भएको नाका पछिल्लो पटक मितेरी पुल मर्मतको लागि बन्द रहेको २१ दिनपछि मंगलबारबाट पुनः सुचारू भएको हो। चिनियाँ पक्षले नेपाल चीन सीमा मितेरी पुल मर्मतमा लागि २० दिनका लागि बन्द गरेको थियो । नाकाबाट मंगलबार छ कन्टेनर सामान नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी नाकाबाट ५३ लाख मात्र राजस्व संकलन

सिन्धुपाल्चोक : नेपाल-चीन बीचको प्रमुख व्यापारिक तातोपानी नाकाबाट एक महिलामा ५३ लाख राजस्व संकलन भएको छ। चार बर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाका ५३ लाख मात्र राजस्व संकलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। औपचारिक रुपमा खुलेको नाकाबाट अहिल हप्तामा ३/४ वटा मात्रै कन्टेनर ...

एक साताका लागि तातोपानी नाका बन्द

एक साताका लागि तातोपानी नाका बन्द भएको छ । आंशिक रुपमा सञ्चालन भइरहेको उक्त नाकाबाट मालबाहक कन्टेनर आउन ठप्प भएपछि तातोपानी नाका सुनसान भएको छ ।