सुनसरीको दुहबी–९ को बेलाल पब्लिक स्कूल (मदरसा हजरत बेलाल) को प्रधानाध्यापकले अवकास भएको १६ महिना पछिसम्म पनि काम गरिरहेको पाइएको छ ।प्रधानाध्यापक जमिल अख्तरले २०७८ साल वैशाख महिनामै उमेर हदका कारण अवकास प्राप्त गरे पनि राजनीतिक आडका कारण अन्य शिक्षकलाई जिम्मेवारी हस्तान्तरण नगरी विद्यालय व्यवस्थापनको कामदेखि प्रशासनिक काममा हस्तक्षेप गरिरहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।विद्यालयका अभिभावकहरुको नाममा दुहबी नगरपालिकामा पेस भएको उजुरीमा प्रधानाध्यापक अख्तरले अवकास भइसकेको भए पनि विद्यालय