खड्काले पाए कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी

काठमाडौं, १८ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पुर्णबहादुर खड्काले पाएका छन् । आज प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा निस्किएपछि खड्काले कार्यबाहकको जिम्मेवारी पाएका हुन् । उनलाई देउवाले नै कार्यबाहक सभापति सिफारिश गरेका हुन् । सभापति देउवा भारतको औपचारिक भ्रमणबाट नर्फकिएसम्म खड्काले सभापतिको जिम्मेवारी सम्हालनेछन् ।