ब्रोकर लाइसेन्स खुल्ला , २० करोड चुक्ता पुँजी पुर्याउने सबैले पाउने

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) लाइसेन्सका लागि नयाँ नीति अंगिकार गरेको छ । यसअघि निश्चित कोटामा मात्र ब्रोकर लाइसेन्स प्रदान गर्दै आएको बोर्डले अब भने खुल्ला नीति अनुरुप प्रक्रिया पुग्ने र पुर्याउने सबैलाई लाइसेन्स दिने नीति अपनाउने भएको हो ।मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) सम्बन्धि नियमावली, २०६४ संशोधन गर्दै न्यूनतम २० करोड चुक्ता पुँजी पुर्याउने जो कोहीलाई ब्रोकरलाई लाइसेन्स दिने व्यवस्था गरेको हो

सम्बन्धित सामग्री

नयाँ ब्रोकरको लाईसेन्स खुलेको २३ औ दिनमा पर्यो पहिलो आवेदन

नयाँ ब्रोकरको लाईसेन्स खुलेको २३ औ दिनमा बल्ल पहिलो आवेदन परेको छ। नेपाल धितोपत्र बोर्डका अनुसार हिजो असोज २४ गते सोमबार ब्रोकरको लागि पहिलो आवेदन आएको हो।बोर्डका अनुसार हिमालयन ब्रोकरेज लिमिटेड नामक कम्पनीले ब्रोकर लाईसेन्सको लागि पहिलो आवेदन दिएको हो । बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाएको हो । बोर्डले योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।त्यस्तै ब्रोडले नयाँ स्टक एक्सचेन्ज, नयाँ स्टक डिलर , र कमोडिटी एक्सचेन्जको लागि पनि लाईसेन्स खुला गर्दै असोज २ गते नै सूचना प्रकाशन गरेको थियो । तर हालसम्म स्टक एक्सचेन्ज, स्टक डिलर र कमोडिटी एक्सचेन्जको लागि कुनै पनि आवेदन नपरेको बोर्डले जनाएको छ।बोर्डले स्टक ब्रोकर र स्टक डिलरको हकमा सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र आवेदन दिईसक्न आग्रह गरेको छ । त्यस्तै स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको हकमा भने सूचना प्रकाशन भएको ४५ दिन भित्र आवेदन दिन भनेको छ।बोर्डले निजि लगानीको स्टक लाईसेन्सलाई लाईसेन्स दिनको लागि केहि समय अगाडी मात्र धितोपत्र बजार संचालन नियमावली २०६४ मा संशोधन गरेको थियो । जस अनुसार नयाँ  खुल्ने स्टक एक्सचेन्जको पुँजी ३ अर्ब तोकिएको छ भने निजि कम्पनीले भने स्टक एक्सचेन्जको शेयर धारण गर्न सक्ने ब्यबस्था गरिएको छ ।त्यस्तै बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । संशोधन अनुसार नियमावली लागु भएपछि लगत्तै र त्यसपछि हरेक ३ वर्षमा अध्ययन गरेर ब्रोकर लाइसेन्स खुलाउने उल्लेख छ । त्यस्तै संशोधित ब्यबस्थाले ३ तहको ब्रोकरको ब्यबस्था गर्दै चुक्ता पुँजी पनि बढाएको छ । यद्यपि हाल भईरहेका ब्रोकरले भने २०८२ असार मसान्तसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् ।