नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स सम्बन्धी नयाँ व्यवस्था ल्याएसँगै धितोपत्र बजार तरङ्गित हुन पुगेको छ । मंगलबार बसेको धितोपत्र बोर्ड संचालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) सम्बन्धी नियमावली, २०६४ संशोधन गर्ने प्रस्ताव गरेसँगै बजारमा तरङ्ग मच्चिएको हो ।संशोधित नियमावलीमा ब्रोकर लाइसेन्सको हालको कोटा प्रणाली खारेज गर्दै न्यूनतम २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने निर्णय गरेसँगै पुराना ब्रोकर एजेन्टहरू आक्रो