ब्रोकर लाईसेन्सको लागि ४५ कम्पनीले लिए नेप्सेबाट सिफारिस, कुनको पुँजी कति ? (सूचीसहित)

ब्रोकर तथा स्टक डिलरको लाईसेन्सको लागि ४५ कम्पनीले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट सिफारिस लिएका छन् । ब्रोकर लाईसेन्सको लागि आवेदन दिने आज अन्तिम दिनसम्ममा ४५ कम्पनीले इच्छा देखाएर नेप्सेबाट सिफारिस लिएका हुन् ।नेपाल धितोपत्र बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाउंदै योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको थियो ।  ब्रोकर लाईसेन्सको लागि आवेदन दिंदा नेप्सेको सिफारिस चाहिने ब्यबस्था ऐनमा रहेकोले नेप्सेले माग गरेका सबै कम्पनीलाई लाईसेन्सको लागि सिफारिस गरेको हो।  बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । संशोधन अनुसार नियमावली लागु भएपछि लगत्तै र त्यसपछि हरेक ३ वर्षमा अध्ययन गरेर ब्रोकर लाइसेन्स खुलाउने उल्लेख छ । त्यस्तै संशोधित ब्यबस्थाले ३ तहको ब्रोकरको ब्यबस्था गर्दै चुक्ता पुँजी पनि बढाएको छ । यद्यपि हाल भईरहेका ब्रोकरले भने २०८२ असार मसान्तसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् ।  शेयर खरिद बिक्रि मात्र गर्ने ब्रोकरलाई पहिलो तह भनिएको छ ।  यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी २० करोड तोकिएको छ । त्यस्तै शेयर खरिद बिक्रिको साथ साथ, डिपीको रुपमा काम गर्ने, पीएमएस तथा परामर्श सेवा दिने र मार्जिन कारोबार सम्बन्धि सेवा समेत दिने ब्रोकरलाई दोस्रो तह भनिएको छ । यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी ६० करोड तोकिएको छ । स्टक डिलरलाई तेस्रो तह तोकिएको छ र उनीहरुको लागि न्युनतम चुक्ता पुँजी १५० करोड कायम गरिएको छ ।नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिज स्टक डिलरको लाईसेन्स माग गर्दै बोर्डमा आवेदन दिएका छ। यस कम्पनीले १५० करोड पुँजी कायम गर्ने गरि स्टक डिलरको लाईसेन्सको लागि बोर्डमा आवेदन दिएको छ ।हेर्नुस् ४५ कम्पनी र तिनको प्रस्तावित पुँजी : १.भोले गणेश सेक्युरिटिज लि. २१ करोड२.क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. २० करोड३.कलश सेक्युरिटिज प्रा.लि. २० करोड४. हिमालयन ब्रोकरेज कम्पनी  २३ करोड५. एन.एम.बी सेक्युरिटिज लि. २० करोड६. के.बि.एल.सेक्युरिटिज लि. २० करोड७. प्रोपर्टी विजार्ड लि. २० करोड८. शेयरप्रो सेक्युरिटिज प्रा.लि. २० करोड९. माछापुच्छ«े सेक्युरिटिज लि. २३ करोड१०. एनआईसी एशिया सेक्युरिटिज लि. २० करोड११. सन सेक्युरिटिज प्रा.लि. २५ करोड१२. पाहि ईन्भेष्टमेन्ट प्रा.लि. २० करोड१३. मियो सेक्युरिटिज प्रा.लि. २० करोड १४. मेगा स्टक मार्केट्स लि. ६० करोड१५. एलिट स्टक हाउस लि. २०.८० करोड१६. ईन्फिनिटी सेक्युरिटिज लि. २५ करोड१७. ईन्डेक्स सेक्युरिटिज लि. २२ करोड ५ लाख१८. जे.बि.एन.एल.सेक्युरिटिज लि. २० करोड१९. प्रभु स्टक मार्केट क्यापिटल लि. २० करोड२०. आर.बी.बि.सेक्युरिटिज कं.लि. २० करोड२१. एस.पि.एस.ए.सेक्युरिटिज लि. ३० करोड२२. नबिल सेक्युरिटिज लि. १५० करोड२३. शुभकामना सेक्युरिटिज प्रा.लि. २० करोड२४. ट्रेडमो सेक्युरिटिज प्रा.लि. २० करोड२५. सानिमा सेक्युरिटिज लिमिटेड २० करोड२६. आकाशभैरव सेक्युरिटिज लिमिटेड २० करोड२७. हिमालयन सेक्युरिटिज लि. ६० करोड २८. क्यापिटल हब प्रा.लि. २० करोड२९. गरिमा सेक्युरिटज लि. २० करोड३०. स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड २१ करोड३१. हातेमालो फाईनान्सियल सर्भिसेज प्रा.लि. २० करोड३२. सि.बि.आई.एल.सेक्युरिटिज लि. २० करोड३३. ईगल स्टक ईक्युटी प्रा.लि. २० करोड३४. सनराईज सेक्युरिटिज लि. २० करोड३५. इन्दिरा सेक्युरिटिज प्रा.लि. २० करोड३६. सजिलो ब्रोकर लि. २० करोड३७. मिल्की वे सेयर ब्रोकर कं.लि. २० करोड३८. ब्लुचिप सेक्युरिटिज लि. २० करोड३९. बेनी सेक्युरिटिज प्रा.लि. २० करोड४०. रोडसो सेक्युरिटिज लि. २० करोड४१. सिजी ईन्भेष्टमेन्ट से.लि. २८.५० करोड४२. म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि. २० करोड४३. मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि. २० करोड४४. सेन्चुरी सेक्युरिटिज लि. ६० करोड ४५. एप्पल सेक्युरिटिज लि. २० करोड 

सम्बन्धित सामग्री

पडकास्ट: यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्ने? कसरी घटाउने १३,८५० डलर?

अमेरिकामा जनवरी २९ देखि ट्याक्स फाइल सिजन सुरु भइसकेको छ । यसपटक कति आम्दानी हुनेले कति ट्याक्स तिर्नुपर्छ? कति आम्दानी हुनेहरुले ट्याक्स फाइल गर्नुपर्छ? स्ट्याण्डर्ड डिडक्सनमार्फत करयोग्य कति आम्दानी घटाउन सकिन्छ? पेपल लगायतका एप्लीकेशनबाट गरेको आम्दानी रिपोर्ट गर्नुपर्छ कि पर्दैन? उपहारबाट पाएको रकम र अन्य आम्दानीमा ट्याक्सको नियम के फरक छ ? आईआरएसको फन्दामा नपर्न […]

प्रधानमन्त्री र मन्त्री कति पटक हुने, निर्धारण गरौँ : सांसद देवकोटा

काठमाडौँ : राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नेपालमा प्रधानमन्त्री र मन्त्री कति पटक हुने भन्ने निर्धारण हुन जरुरी रहेको बताएका छन्।बुधवार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कति पटक सांसद हुने, कति पटक मन्त्री हुने र कति पटक प्रधानमन्त्री भन्ने निर्धारण हुन जरुरी रहेको बताए। उनले नेताहरूले नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भने पनि काम हुन नसकेको बताए। उनले नेपालको भन्दा २२ गुणा धेरै जिडिपी र प्रतिव्यक्ति आय नेपालको भन्दा ७६ गुणा बढी स्वीजरल्याण्डको रहेको बताए।देवकोटाले भने,

गाल्ने कुरा कति

आफ्नो नाक काट्दै टाल्ने कुरा कति गए जान्छ इज्जत फाल्ने कुरा कति।।   कोहि भन्ने फू गरि उडाइ दिन्छौँ अब बल्ल बल्ल ठडिएको ढाल्ने कुरा कति।।   बिनासित्ति खेदो खन्छन् आजकल किन सानो निउमा सडकमा बाल्ने कुरा कति।।   घ्यूका ठेकि आफै सँग जता बाँडौँ खुसि काँधमा थैलो बोक्नेतिर हाल्ने कुरा कति।।   नदिउँ भने […]

आग्लो खान्छन् कति

पाँच वर्षका पाहुना कस्ले मान्छन् कति नचिनेको हजुर भनि हात तान्छन् कति।। गएपछि यता गाउँमा आउने कुरा छैन दाउपरे भाग खान कता जान्छन् कति।। मुख हेर्दा उहि पुरानो चिने जाने जस्तो हेर्दा हेर्दै ढ्वाङ भरि उतै लान्छन् कति।। भर्खर सम्म म्याउम्याउ स्वर सानो पारी फेरि अहिले आफूलाई ढाडे ठान्छन् कति।। सुम्सुमाइ चिल्लो घसि माया गरे […]

नेपालमा आइफोन १३ काे भाउ अरु देशभन्दा कति सस्तो, कति महँगो ?

केही दिनअघि नेपालमा आइफोन १३ प्रि बुकिङ खुला गरिएको समाचार मूलधारकै मिडियाहरुमा पढ्न पाइयो। त्यसमा नयाँ आइफोनका विभिन्न मोडल कति पर्छ भन्ने विवरणसमेत थियो। नेपालमा किन्न पाइने आइफोन १३ अरु देशहरुभन्दा कति सस्तो वा कति महँगो छ, त्यो तुलना गर्न मन लाग्यो। हुनत ‘नजाने गाउँको बाटो नसोध्नू’ भन्ने उखान छ। त्यही भएर नकिन्ने आइफोनको जतिसुकै… Continue reading

हामी कति भाग्यमानी!

आहा! हामी कति भाग्यमानी, अरूकै भरमा चल्छ यो जिन्दगानी।  काम होस् या माम, अर्को कै भर पर्नुरहेछ। आफ्नो त के छ र, सुन्दर, शान्त विशाल देश महान!

वार्षिक कति कमाउनेले कति कर तिर्ने ? हेर्नुहोस् पूरा विवरण

काठमाण्डाै - सरकारले नागरिकबाट कर असुल्छ भन्ने जानकारी भए पनि कति कमाइ गर्दा कति कर तिर्नुपर्छ भन्नेमा धेरै जना अन्योलमै रहेको पाइन्छ ।विशेषगरी आयकरका दरबारे नागरिकले जान्नैपर्ने हुन्छ । सरकारले वार्षिक चार लाख रुपैयाँसम्म कमाउनेहरुसँगबाट एक प्रतिशत मात्रै कर लिन्छ । त्यसपछि जति धेरै आम्दानी हुँदै जान्छ त्यति धेरै नै कर तिर्नुपर्ने हुन्छ । वार्षिक २० लाख रुपैयाँभन्दा धेरै कमाउनेले त ३६ प्रतिशतभन्दा धेरै आयकर सरकारलाई बुझाउनुपर्छ ।आउँदो आर्थिक वर्षदेखि कति कमाइ हुँदा कति कर तिर्नुपर्छ भन्ने पूरै जानकारी यसप्रकार छ ।