लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरु संसदीय दलको नेता चयनमा उदासीन देखिएका छन् । निर्वाचन परिणाम घोषणा भएको लामो समयसम्म पनि उनीहरु संसदीय दलको नेता छान्न पहल गर्न सकेका छैनन् ।लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठुलो दल एमालेले संसदीय दलको नेता कहिले चयन गर्ने भन्ने अझै टुङ्गो गरेको छैन । प्रदेशसभा सदस्य तथा एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेपछि पनि संसदीय दलको नेता चयन हुन सक्ने बताए ।उनले रातोपाटीसँग भने, ‘संसदीय दलको नेता चयन कहिले हुन्छ भन्ने अझ