मधेस प्रदेशमा दलको नेता छान्न सकस

संसदीय दलको नेता बन्न आकांक्षी बढी भएपछि राजनीतिक दलका नेताहरूलाई मधेस प्रदेशसभामा संसदीय दलको नेता चयन गर्न सकस भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको करिब डेढ महिना बित्न लाग्दा मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले आफ्नो संसदीय दलको नेता चयन गर्न सकेका छैनन् । मधेस प्रदेशसभामा नयाँ र पुराना गरी विभिन्न १० राजनीतिक दलको प्रतिनिधित्व छ । संसदीय दलको नेता बन्न थुप्रै आकांक्षी भएकाले संसदीय दलको नेता छान्न समस्या भएको नेताहरूले बताए । मधेस प्रदेशस