सुदूरपश्चिम : माओवादी संसदीय दलको नेता छान्न बसेको बैठक अनिर्णीत

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता चयन गर्न बसेको बैठक अनिर्णीत भएको छ। दलको नेता चयनका लागि शनिबार दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालयमा बैठक बसे पनि साँझ ६ बजे बिनानिष्कर्ष सकिएको हो।संसदीय दलको नेतामा दुईजना आकांक्षी देखिएका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओमविक्रम भाट ‘सरल’बीच सहमति नजुटेपछि कुनै निर्णय हुन नसकेको एक सांसदले बताए।प्रदेश इन्चार्ज भट्टले दलको नेता चयनका लागि आइतवार बिहान ९ बजे फेरि बैठक बस

सम्बन्धित सामग्री

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता फेरिएको संसदले सरकारलाई गरायो जानकारी

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले माओवादी संसदीय नेता हेरफेरको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको छ । प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी संसदीय दलको नेता मानबहादुर धामी रहेको जानकारी गराएका छन् । उनले माओवादी संसदीय दलका नेता खगराज भट्टलाई हटाइएर उक्त जिम्मेवारीमा धामीलाई चयन गरिएको मुख्यमन्त्री कार्यालयलाई जानकारी गराएका हुन् […]

कोशीमा उद्धव थापा नेतृत्वको सरकार बनाउन गठबन्धनको पुनः निर्देशन

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन पाँच बजेभित्र दाबी पेश गर्न निर्देशन दिएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले माओवादी संसदीय दलको नेता इन्द्र आङ्वो, नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईलाई बालुवाटार बोलाएर ५ बजेभित्र पेश गर्न पुनः निर्देशन दिएको नेकपा एसका उपाध्यक्ष राजेन्द्र […]

माओवादी संसदीय दलको नेता शर्मालाई बनाउने निर्णय

सुर्खेत :  नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयन गरेको छ।आज बसेको प्रदेश समितिको बैठकले यो निर्णय गरेको प्रदेश अध्यक्ष विमला केसीले बताइन्। यद्यपि संसदीय दलको बैठकबाट निर्णय हुन बाँकी छ।

माओवादी संसदीय दलको नेता प्रचण्ड, प्रमुख सचेतक हितराज पाण्डे

नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले संसदीय दलको नेता र सचेतक चयन गर्नेछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको छ । बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । …

प्रचण्ड माओवादी संसदीय दलको नेता चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।  सर्वोच्च अदालतले नेकपा(माओवादी केन्द्र)लाई ब्युताइसकेपछि पहिलो पल्ट मंगलबार सिंहदरबार स्थित दलको कार्यालयमा बसेको नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकता पूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्प...

प्रदेश ७ मा माओवादी संसदीय दलको नेता त्रिलोचन भट्ट

प्रदेश नम्बर ७ मा नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन्। आइतबार  बिहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले