प्रोग्रेशिभ फाइनान्सको सञ्चालकमा महर्जन

भदौ २, काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले संस्थापक समुहतर्फ संचालकमा विकास महर्जनलाई नियुक्त गरेको छ । फाइनान्सको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागु हने गरी सञ्चालक पदमा महर्जनलाई नियुक्त गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७८/७९ मा गरेका कार्यक्रम तथा गतिविधि र आगामी योजनाबारे प्रकाश पारेका थिए । सभाले आर्थिक वर्ष २०७८/७९ को वित्तीय प्रतिवेदन समेत पारित गरेको छ । सभाले आगामी चार वर्षका लागि ६ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । सञ्चालकमा लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, सविना महर्जन, प्रज्ज्वलकुमार दाहाल, राजभाइ डंगोल र अनिश महर्जन चयन भएका हुन् ।  वित्तीय संस्थाले हाल २२ ओटा शाखा कार्यालय तथा चारओटा एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थाले थप शाखा तथा एक्सटेन्सन काउन्टर स्थापना गरी प्रविधिमा आधारित आधुनिक वित्तीय सेवा प्रवाह गर्ने योजना बनाएको प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले जानकारी दिए ।