विराटनगर । सुनसरीको धरान–४ स्थित धरान–भेडेटार सडक छेउको जंगलमा गत बुधबार भेटिएको शवको अझै पहिचान हुन सकेको छैन । शवको पहिचान नहुँदा प्रहरीलाई घटनाको अनुसन्धान गर्न पनि सकस भएको छ ।प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले शवको पहिचान हुन नसक्दा घटनाको अनुसन्धान प्रभावित भएको बताए । गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो ।‘हामीले