बागलुङ – बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ। झिवाखोला बजार नजिकै निसीखोलामा निसीखोला गाउँपालिका–५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ। बुधबार नै शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो। शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको […]