म्याग्दी : प्राकृतिक चिकित्सालयको नामले चर्चित बेनी नगरपालिका-४ सिंगा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तहरुले खचाखच भरिएको छ।जमिनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान गरेमा हाडजोर्नी, चर्म, ग्यास्ट्राइटिस, नशा, बाथ, ढाड दुख्ने, आङ खस्ने, पेट सुन्निने, गलगाँडलगायतका रोग निको हुने जनविश्वास छ। कुण्डको पानीबाट बिरेनुनको गन्ध आउँछ।कुण्ड क्षेत्रमा साना-ठूला तीन कुण्ड छन्। कुण्डमा एकपटकमा ५०० जनाले डुबुल्की मार्न सक्छन्। कुण्डमा दैनिक